२४ वर्षीया युवतीले गरिन् आफ्नै हजुरबासँग बिहे, ३ महिनापछि पत्ता लाग्यो नाता

अमेरिकामा एक अनौठो विवाहको घटना सार्वजनिक भएको छ । जस अन्तरगत एक युवतीले अन्जानमा आफ्नै हजुरबासँग बिहे गरेकी छिन् । अनि बिहे गरेको मान्छे आफ्नै हजुरबा रहेको कुरा केवल ३ महिनापछि मात्र पत्ता लाग्यो ।young-and-young

फ्लोरिडाकी २४ वर्षीया ती युवती झण्डै दुई वर्षदेखि एक ६८ वर्षीय करोडपतिसँग लिभइन रिलेसनमा थिइन् । केही महिना पहिले ती दुइको बिहे भयो ।

बिहे भएको ३ महिनापछि एक दिन लोग्नेले ती युवतीलाई फोटो एल्बम देखाएछन् । पूराना फोटाहरु संग्रहित एल्बम हेर्न पाउँदा युवती पनि मख्ख भइन् । जसमा ती वृद्धको पहिलो श्रीमती र उनीबाट जन्मिएका बच्चाहरुको समेत तस्वीर थिए । पहिलो श्रीमतीसँग ती वृद्धको डिभोर्स भएको थियो ।

एल्बम हेर्दै जाँदा युवतीको आँखा एउटा फोटोमा अडियो । जसमा उसको पतिसँगै एक व्यक्ति थियो । युवतीले त्यो व्यक्ति को हो भनेर सोधिन् । वृद्धले ऊ चाहीँ आफ्नो ठूलो छोरा रहेको कुरा बतायो । त्यसपछि युवती छाँगाबाट खसेझैँ भइन् । किनकी जो व्यक्तिलाई वृद्धले आफ्ना ठूलो छोरा भनिरहेका थिए त्यो व्यक्ति ती युवतीको बुवा थिए ।

त्यसपछि बल्ल थाहा भयो की दुइ वर्षदेखि लिभइन रिलेसनमा रहेर ३ महिनाअघि बिहे गरेका ती युवती र वृद्ध त हजुरबा र नातिनी रहेछन् ।

युवतीले आफ्नो हजुरबा अर्थात् लोग्नेसँग आफ्नो सम्पूर्ण विगतको कथा भनिन् । उनका अनुसार हाइस्कुलमा पढ्दा एक युवकसँग प्रेम भएर गर्भवती भएसँगै उनका बुवाले उनलाई घरबाट निकालेका रहेछन् । बुवाले घरबाट निकालिदिएसँगै उनी आफ्नो बच्चासँगै ज्याक्सनभिलेमा एक्लै बस्दै आएकी रहेछिन् ।

आफ्ना तथा बच्चाको खर्च चलाउनका लागि एक क्लबमा डान्सरको काम गर्ने गर्दथिन् ।
आफ्नै नातिनीसँग गरेको विवाह ती वृद्धको तेश्रो बिहे रहेछ । उनको दोश्रो बिहे सन् २००९ मा आर्थिक समस्याका कारण टुटेको रहेछ । तर एकदिन लोटरी परेपछि उनी करोडपति बनेछन् एकाएक ।

अहिले ती वृद्ध र युवतीले एकअर्कालाई चिनिसकेका छन् र आफुहरु साख्खै नातिनी बाजे रहेको पत्ता पाइसकेका छन् । तर नातिनी हजुरबाको त्यो पवित्र सम्बन्ध थाहा हुँदा हुँदैपनि उनीहरु आफ्नो बिहे तोड्न चाहँदैनन् । अब लोग्ने स्वास्नीकै नातामा जिवन बिताउने निधोमा पुगिसकेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी