बैंकमै रोकियो सामाजिक सुरक्षा भत्ता , बृद्धहरुको दशै खल्लो

OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

पर्वत
नेपालीहरुको महान पर्व दशै अगावै सामाजिक सुरक्षा भत्ता बुझ्न नपाउँदा पर्वतका बृद्ध बृद्धा, एकल महिलाहरुको दशै खल्लो हुने भएको छ ।
अधिकाँश बैंकहरुले दशै अगावै सामाजिक सुरक्षा भत्ताको रकम बितरण नगर्दा चाडबाड मनाउनबाट बृद्धबद्धाहरु विमुख बनेका हुन् ।
चाडवाडको बेला राम्रो लगाफाँटो किन्ने र छोरी, ज्वाँई, नाती नातीना लगायतलाई टिकाटालो गर्ने अनि घरखर्चका लागि सामान किन्न नपाउँदा दशै खल्लो लागेको बृद्धबृद्धाहरुले गुनासो गरेका छन् । जिल्ला विकास समितिले असोजको पहिलो सातानै बैंकहरुलाई भत्ता वितरणका लागि निकासा दिएको भएपनि अधिकाँश बैंकहरुबाट वितरण हुन सकेको छैन ।
ब्यक्तिगत खातमा रकम स्थानान्तरण गर्न केही समय लागेको र कतिपय गाउँ बिकास समिति र नगरपालिका कार्यालयका सचिबहरुले मरेका र बसाइृ सरेकाहरुको लगतकट्टा नगरिदिएको बैंकहरुले जनाएका छन । ‘लगतकट्टा गरेका गाबिसहरुको रकम बृद्धबृद्धाहरुको खातामा पठाएका छौ’ गरिमा बिकास बैंक कुश्मा शाखाका प्रवन्धक सुन्दर भण्डारीले भने ‘लगतकट्टा भएर आएमा दशै लगत्तै सवै क्षेत्रका बृद्धबृद्धाहरुले भत्ताको रकम निकाल्न सक्ने गरी ब्यबस्था गर्छौ’ । पर्वत जिल्लामा दुई बर्ष पहिले देखि पाँच वटा गाविस बाहेक सवै गाविसका वासीन्दाहरु र यो बर्ष देखि कुस्मा नगरपालिकाका सबै वडाका बृद्ध, एकल महिला लगायतलाई बैंकमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने ब्यबस्था मिलाइएको छ।
गरिमा बिकास बैंकले हुवास र फलेबास क्षेत्रबाट रकम बितरण गरिरहेको छ । बृद्धहरु आएमा रित्तो हात नफर्कने अवस्था छ । कुस्मा शाखामा भने आर्थरडाडाँखर्क लगायतका गाबिसका सचिबहरुले लगतकट्टा नगरिदिएको कारण रकम पठाउन नसकेको बैंकले जनाएको छ । उत्तरी क्षेत्रमा बेनी स्थित राष्ट्रिय बाणिज्य बैंकले रकम बितरणको जिम्मा लिएको छ। कुस्मा नगरपालिका क्षेत्रमा बिभिन्न बैंकहरुलाई जिम्मा दिइएको छ। पातीचौर क्षेत्रमा सेवा बिकास बैंकले जिम्मा लिएको छ । कार्किनेटा क्षेत्रमा मुक्तिनाथ बैंकले पनि बितरणको तयारी गरेको जिल्ला बिकास समिति पर्वतका सामाजिक सुरक्षा शाखा प्रमुख चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । ‘सबै बैंकमा समयमा नै निकासा पठाएका छौ’ जिबिसले असोज ४ गते केन्द्रबाट निकासा भएपछि ६ र ७ गते नै बैंकमा रकम पठाइएको थियो । बैंकहरुले समयमा नै काम सकेको भए दशैं अगाडी नै सबैले सामाजिक सुरक्षाभत्ता पाउने अवस्था थियो ।
जिल्ला बिकास समिति पर्वतले दिएको जानकारी अनुसार पर्वतमा यस चौमासिकमा १५ करोड रुपैया सामाजिक सुरक्षाभत्ता निकासा गरिएको छ । जिल्लामा २० हजार जति सामाजिक सुरक्षाभत्ता पाउने ब्यक्ति रहेका छन ।
समाप्त असोज २१

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी