अभियुक्त समाप्ने प्रहरी पुरस्कृत
पर्वत, जिल्ला प्रहरी कार्यालय पर्वतले सञ्चालन गरेको फरार अभियुक्त समात्ने अभियानमा खटिएका प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ ।
प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट प्रहरी अधिकृत र जवानलाई पुरस्कृत गरेको हो ।
फरार अभियुक्त समात्ने क्रममा सबैभन्दा बढी अभियुक्त समात्ने प्रहरी सहायक निरीक्षक भोजबहादुर गुरुङ्ग र प्रहरी हवल्दार भक्तबहादुर पुनलाई पुरस्कृत गरेको छ । गुरुङ्गले २१ बर्ष देखि फरार रहेका टेकबहादुर जिसी सहितका अभियुक्त पक्रेका थिए भने पुनले पनि ६ जना भन्दा बढी अभियुक्त पक्रेका थिए ।
यस बाहेक प्रहरी दिवसमा प्रहरी हवल्दार हरिबहादुर थापा, प्रहरी जवानहरु रेशमबहादुर क्षेत्री, मिनबहादुर लामा, दुग्धलाल श्रेष्ठ, निर्मल गाहा, श्यामकुमार श्रेष्ठलाई पनि पुरस्कृत गरेको छ।