क्षेत्रीय खेलमा छनौट क्रिकेट खेलाडीलाई सम्मान

circet-docx-tem1
२० असोज, पर्वत
क्षेत्रीय खेलका लागि पर्वत जिल्लाबाट छनौट भएका क्रिकेट खेलाडीहरुलाई विहिबार एक कार्यक्रमका वीच बधाई ज्ञापन गरिएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा क्रिकेट खेलका लागि छनौट १४ जना खेलाडीहरुको बधाईका लागि उक्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले छनोट भएका खेलाडीहरुलाई जिल्लाको इज्जतलाई थप उचो राख्ने गरी खेल प्रदर्शन गर्न शुभकामना दिनुभएको थियो । अध्यक्ष गिरीले खेलकुदको माध्यमबाट नै राष्ट्रको परिचय विश्व स्तरमा देखाउन सकिने नेपालका लागि प्रवल सम्भावना रहेको भन्दै राज्यले खेलकुद क्षेत्रको विकासमा थप जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले खेल क्षेत्रको विकास हुँदा युवाहरु कुलतमा नपस्ने र खेलले बौद्धिक तथा शारिरिक ब्यायाम हुने भएकाले सवै युवा कुनै न कुनै खेलमा लाग्न समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङले जिल्लामा खेलकुदको राम्रो सम्भावना भएपनि खेल क्षेत्रको लािग राज्यको तर्फबाट सोचे अनुसारको सहयोग प्राप्त नभएको बताउनुभयो । अध्यक्ष गुरुङले आफू अध्यक्ष भएपछि खेलक्षेत्रको विकासका लागि आवश्यक सम्पर्क समन्वयलाई थप ब्यवस्थित बनाएको बताउँदै छनौट भएका खेलाडीहरु क्षेत्रीय खेलमा उत्कृष्ट हुने अपेक्षा समेत राख्नुभयो । कार्यक्रममा समितिका उपाध्यक्ष पर्वत गुरुङ, तेक्वान्डो प्रशिक्षक भरत श्रेष्ठ, राम श्रेष्ठ लगाएले खेलाडीलाई शुभकामना दिनुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’