क्षेत्रीय खेलमा तेक्वान्डो तर्फ १६ खेलाडी छनौट

२० असोज, पर्वत
14551018_1161954903878709_1640723925_o-1क्षेत्रीय खेलका लागि पर्वत जिल्लाबाट तेक्वान्डो खेल तर्फ १६ जना खेलाडी छनौट भएका छन । विहिबार सदरमुकाम कुश्मा बजारमा भएको छनौट खेलमा सहभागी मध्ये १६ जना खेलाडी क्षेत्रीय खेलका लागि छनौट भएका हुन ।
शिवालय उच्च माविको खेल मैदानमा सम्पन्न छनौट खेलका प्रमुख अतिथि नेकपा एमालेका उप सचिव गोविन्द पहाडीले खेलाडीले मनोबल उच्च राखेर खेल्न सके क्षेत्रीय खेलमा पर्वतको जीत सुनिश्चित रहेको बताउनुभएको थियो । उप सचिव पहाडीले स्वास्थ्यका लागि खेल भन्ने ध्येयका साथ राज्यले युवाहरुलाई खेल क्षेत्रमा लाग्नका लागि आग्रह गरेपनि खेलमैदानको अभावका कारण अधिकांश खेलाडीहरु ओक्षेलमा परेको बताउनुभयो । कार्यक्रममा कराते प्रशिक्षक राम श्रेष्ठ, तेक्वान्डो खेलका संयोजक भरत श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष पर्वत गुरुङ, लगाएतको सहभागीता थियो । जिल्ला खेलकुद विकास समितिका अ्रध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सञ्चालन तेवान्डो प्रशिक्षक रमेश क्षेष्ठले गरेका थिए ।
क्षेत्रीय खेलका लागि पुरुष तर्फबाट आशीष शर्मा, सुजन कार्की, गंगा बहादुर गुरुङ, दिपेश गुरुङ, आशीस घर्ति मगर, प्रेम रसाईली, दिपक फकामी पुन र भरत श्रेष्ठ छनौट भएका छन । यसैगरी महिला खेलाडी तर्फ सोनीया माझी, मनिष विक, प्रकृति अधिकारी, भिजनी बोहोरा, सुवेच्छा श्रेष्ठ, सावित्री हिताङ र यमसरा घर्ति मगर छनौट भएका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना