BREKING NEWS प्रचण्डले धोका दिएको भन्दै दुई दर्जन माओवादी कार्यकर्ता एमालेमा प्रवेश
पर्वत २०, असोज. नेकपा एमाले पर्वतले सञ्चालन गरेको घर फर्क अभियान अन्तर्गत पर्वतको बाजुङ गाविसका दुई दर्जन बढि गाविस स्तरीय नेता तथा कार्यकर्ता एमाले पार्टी प्रवेश गरेका छन । विगतमा एमाले हुँदै माओवादीमा लागेका बाजुङ गाविसका माओवादी कार्यकर्ताहरु माओवादी वैचारिक रुपमा विचलनमा परेको भन्दै नेकपा एमालेमा प्रवेश गरेका हुन ।
पार्टी प्रवेश गर्नेहरुलाई विहिबार एमाले पार्टी कार्यालयमा आयोजीत एक कार्यक्रमका वीच नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज गणेश तिमिल्सीनाले अविर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नेता तिमिल्सीनाले माओवादीको नक्कली नारामा लागेर बाटो बिराएका सवै पुर्व पार्टी कार्यकर्ताहरुलाई आफनो सुरक्षित र विश्वासिलो घर एमालेमा फर्कन आग्रह गर्नुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता तिमिल्सीनाले एमाले नै राष्ट्र निर्माणको पहिलो शक्ति भएकोले राष्ट्र जिम्मेवारी निकट भविश्यमा नेकपा एमाले जिम्मा लिने समेत दाबी गर्नुभयो । बहुमत सहितको पहिलो पार्टी एमाले नभएसम्म राष्ट्रसमस्याहरु समाधान नहुने भन्दै नेता तिमिल्सीनाले एमालेको प्रति जनताको लहर बढेको दाबी गर्नुभयो ।
कार्यक्रममा एमालेका वैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले सवैखालका अतिबादीको विरुद्धमा एमालेको जनमुखी कार्यक्रमको प्रभाव जनस्तरमा परेका कारण एमालेमा घर फर्क अभियानले सार्थकता पाइरहेको दाबी गर्नुभयो । कार्यक्रममा माओवादी गाउँ स्तरीय नेताहरु नारायणदत्त पौडेल, यामनारायण चापागाई, दुर्गाबहादुर दर्जी परियार, गीता भुवाजी, नारायण पौडेल लगाएतका दुई दर्जन बढि कार्यकर्ताहरु पार्टी प्रवेश गरेका थिए । नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पदमपाणी शर्मा र स्वागत भक्त कुवंरले गरेका थिए ।