भारतको इसारामा संविधान संसोधन हुँदैन–तिमिल्सीना
गणेश गिरी÷पर्वत
२१ गते असोज
नेकपा एमाले जिल्ला कमिटि पर्वतले आउँदै गरका चाडपर्वलाई लक्षित गरी शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् प्रदेश नं ४ का सह–संयोजक गणेश तिमिल्सीनाले भारतको इसारामा माओवादी लगाएतका दलले संविधान संसोधन गर्न लागेको भन्दै त्यसको बिरोध गरेका थिए ।
नेता तिमिल्सीनाले भारतको इसारामा राष्ट्रघाति सरकारले संविधान संसोधनको कुरा गरेको भन्दै विरोध गरेका थिए । संविधान आम जनताको सहमतीमा जारी भएपनि राष्ट्र विरोधी तत्वहरुले त्यसलाई नमानेकोमा आश्चर्य ब्यक्त गदैृ राष्ट्रीय स्वाभिमानको लडाईमा एमाले पछि नफर्के बताए । सवै दलको सहमती विना भारत र मधेसबादी केहि दलको पछि नलाग्न वर्तमान सरकारलाई आग्रह गर्दै नेता तिमिल्सीनाले राष्ट्र विरोध कार्यको एमालेले ढटेर विरोध गर्ने बताए । भारतको इसारामा बनेको सरकारको भविश्य निकै छोटो भएको भन्दै नेता तिमिल्सीनाले छोटो अवधिमा सरकारले ठूला खालका कार्यक्रमको योजन ागर्न नसक्ने भन्दै तत्काल राष्ट्रिय सहमतीको सरकार गठन गरी चुनावी प्रक्रियामा जानुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले एमालेलाई दलित, मधेसी र समावेशीको विरोधी भनेर आरोप लगाउँदै एमालेलाई कमजोर बनाउने खेलमा केहि तत्वहरु लागि परेको बताए । उनले एमालेले सधै पछाडी परेको वर्गको सम्बृद्धिमा जोड दिएको भन्दै नेपालको पछिल्लो संविधानले ति सवै कुराको ग्यारेन्टी गरेको बताए । कार्यक्रममा नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले संविधान अपरिर्वतनीय कुरा नभएको तर, परिर्वतनको एजेण्टा जायज हुनुपर्ने बताए । नेता गिरीले आम जनताको जनजीविकाको सबाल मात्र संविधानको संसोधन गर्नुपर्ने धारणा राखे ।
अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पदमपाणी शर्मा र स्वागत उपाध्यक्ष भक्त कुँवरले गरेका थिए । कार्यक्रममा विभिन्न दलका नेता, सरकारी कार्यलयका प्रमुखहरु, पार्टीको कार्यकता तथा जनवर्गीय संगठनका पदाधिकारी तथा शुभेच्छुकहरुको सहभागीता रहेको थियो