अनेरास्ववियुको आन्तरिक विवाद अन्त्य, रविन्द्र अधिकारीका यस्ता छन् आधा दर्जन निर्देशन

१८ असोज । अनेरास्ववियुमा देखिएको अस्थायी बिबाद तत्कालका लागि अन्त्य भएको छ । विद्यार्थी फाँट प्रमुख रविन्द्र अधिकारीले सोमबार बसेको अनेरास्ववियु स्थायी समितिको बैठकमा केही निर्णयहरु सुनाउँदै तत्कालका लागि बिबाद अन्त्य गरेर जान निर्देशन दिएपछि जिम्मेवारी बाँटफाँटमा असन्तुष्टि व्यक्त गर्दै आएका महासचिव ऐन महर पनि सहमतिमा आएका छन् । अध्यक्ष नविना लामाले मनपरी ढंगले जिम्मेवारी बाँटफाँट गरेको भन्दै महासचिव महरलगायत केही पदाधिकारी असन्तुष्ट थिए ।

सोमबार अनेरास्ववियुको केन्द्रीय कार्यालय बागबजारमा बसेको बैठकमा विद्यार्थी फाँट प्रमुख अधिकारीले अनेरास्ववियु भित्रको समस्या समाधानको लागि पार्टीको तर्फबाट निकालेको निष्कर्ष सहितको निर्देशन सुनाएको उपाध्यक्ष रस्मी आचार्यले जानकारी दिए । अधिकारीलाई अनेरास्ववियुको अघिल्लो स्थायी कमिटी बैठकले संगठन भित्रका समस्या समाधानका लागि जिम्मेवारी दिएको थियो । सोही अनुसार अधिकारीले पार्टीका विभिन्न तहहरुमा छलफल चलाई सो निष्कर्ष सुनाएको कोषाध्यक्ष फपिन्द्र खत्रीले जानकारी दिए ।  
अखिल बिबाद अन्त्यका लागि अधिकारीका यस्ता छन् ६ निर्देशन

१. कार्यविभाजनको निर्णय गर्ने बैठकमा सबैलाई समेट्न नसक्नु र बैठक स्थल वरीपरी भएर पनि जिम्मेवार व्यक्तिहरु बैठकमा नजानु दुबै कमजोरी हो । अबका दिनहरुमा यस्ता कमजोरी नगर्न र यस्तो प्रकृतिको बैठक यसैलाई अन्तिम बनाउन सबै प्रतिबद्द हुने ।
२. स्थायी कमिटी बैठकले प्रस्तावित बिधान वमोजिम कार्यविभाजन सम्बन्धि गरेका निर्णयहरु कार्यान्वयनमा जाने  । विधानसँग बाझिने निर्णयहरु बदर हुने  । बदरभित्र पर्नेहरुको तत्काल टुंगो लगाई त्यसको कार्यविभाजन अर्को बैठकबाट गर्ने । कार्यबिभाजन अस्थाई प्रकृतिको हुने हुनाले यसलाई गतिशिलता सँगसगै हेरफेर पनि गर्न सकिने । (प्रस्तावित विधानमा १५ बिभाग रहेका छन्)
३. संगठनको स्थापित बिधि मिचेर विशेष भेला आयोजना गर्ने, समानान्तर गतिबिधिमा संलग्न हुने, गुटगत गतिविधिमा लिप्त हुने कार्यको गम्भीर आलोचना गर्दै यस्ता कार्य दोहोरिन नदिन सचेत गराउने ।
४. प्रस्तावित विधानलाई एउटा कार्यदल बनाई त्यसमा आएका सुझाबहरु समेटेर तत्काल टुंगो लगाउने ।
५. संगठन ब्यबस्थित हिसाबले परिचालन गर्न विधानको अधिनमा रही कार्यसम्पादन नियमावली र आचारसंहिता निर्माण गर्ने । त्यसको उलंघन गर्ने जोसुकै लाई पनि कारवाही गर्ने.।
६. नेकपा (एमाले)ले संचालन गर्न लागेको विशेष अभियानमा अनेरास्ववियुले आफ्नो सम्पूर्ण पंक्ति परिचालनको मुर्त योजना बनाउने  ।akhil

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना