पर्वतमा माटो परिक्षण प्रयोगशाला स्थापना

पर्वत . समयसमयमा खेतवारीको माटोको उपचार गर्न नसक्दा उत्पादनमा गिरावट आउने गरेको कृषकहरुको गुनासो आएपछि पर्वतमै माटो परिक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय पर्वतले पहिलोपटक जिल्लामै प्रयोगशाला स्थापना गरेको हो । चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत प्रयोगशालाका लागि आवश्यक उपकरण र जनशक्ति तयार गरेर प्रयोगशाला संचालन गरिएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए । उनका अुनसार कार्यालयकै कृषि प्राविधिकहरुलाई माटो परिक्षण सम्वन्धि तालिम दिएर दक्ष बनाइएको छ भने प्रयोगशालाका लागि आवश्यक झण्डै पाँच लाख रुपैया बराबरको मेशिन समेत खरिद गरिएको छ । त्यसैगरी माटो परिक्षण गर्न उपयोग हुने केमिकल समेत खरिद गरिएको छ ।
शुरुमा कार्यालयकै भवनबाट परिक्षण सेवा शुरु गर्ने र प्रयोगशालाका लागि छुट्टै भवन निर्माण गर्ने तयारी पनि भैरहेको बरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिए । प्रयोगशाला नहुँदा यस अघि पोखरामा रहेको क्षेत्रीय माटो प्रयोगशालाबाट प्राविधिक र विज्ञहरु बोलाएर विभिन्न गाउँमा शिविर संचालन गर्नुपर्ने अवस्था रहेको थियो । अब भने जिल्लाका जुनसुकै क्षेत्रका कृषकले पनि सहज रुपमा कार्यालयमै आएर माटो परिक्षण गर्न पाउने भएका छन् ।
बाहिरवाट प्राविधिक बोलाएर शिविर संचालन गरेर माटो जाँच गर्दापनि त्यति प्रभावकारी बन्न सकेको थिएन अब जिल्लामै संचालन भएपनि कृषकहरु बढि मात्रामा लाभान्वित हुने भएका छन् रेग्मीले भने ।
प्रयोगशालाका लागि आवश्यक जनशक्ति समेत तयार भैसकेको छ । कम बजेटमा सवै कृषकहरुलाई सेवा दिने उद्धेश्यले जिल्लामै प्रयोगशाला स्थापना गरेका हौ कार्यालयका प्राविधिक रामकृष्ण अर्यालले भने सदरमुकामसम्म आउन असहज हुने गाविसका बासिन्दाहरुलाई स्थानियस्तरमै पुगेर पनि जाँच गर्न सक्नेछौ ।
बर्षको एक पटक नियमित रुपमा माटो परिक्षण गर्न सकेमा खेतवारीको उत्पादकत्वमा बृद्धि गर्न सकिने र माटोको उपचार पनि गर्न सकिने अर्यालले जानकारी दिए ।
समाप्त असोज १८

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ