ऋण खोजेर एम्बुलेन्स मर्मत

पर्वत .imagesयहाँको एक विकट गाउँका वासीन्दाले विगत चार वर्षदेखि बिग्रिएर थन्किएको एम्बुलेन्स ऋण खोजेर मर्मत गरेका छन् ।
उत्तरी पर्वतको माझफाँट गाविसमा रहेको मल्लाज स्वास्थ्य चौकीलाई भारतीय दुतावासको सहयोगमा विगत ६ वर्ष अघि प्राप्त भएको एम्बुलेन्स चार वर्षदेखि बिग्रिएर थन्किएको थियो । आर्थिक अभावका कारण लामो समयसम्म मर्मत गर्न नसकेपछि स्वास्थ्यचौकी व्यवस्थापन समितिको पहलमा ऋण खोजेर मर्मत गरिएको हो ।
गाउँ विकास समितिको १ लाख, स्थानिय महिला चेतना केन्द्रबाट १ लाख, हिमसुसेली युवा क्लवबाट ९० हजार, साना किसान सहकारी संस्थाबाट १० हजार, मल्लाज बहुउद्धेश्यीय सहकारी संस्थाबाट १० हजार र बाँकी १ लाख ५० हजार विभिन्न व्यक्ति तथा संस्थाबाट ऋण लिएर एम्बुलेन्स मर्मत गरिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिए ।
उनका अनुसार एम्बुलेन्स मर्मतका लागि स्वास्थ्यचौकीसँग पर्याप्त बजेट अभाव भएको र जिल्ला स्वास्थ्य कार्यालय पर्वत लगायत अन्य निकायहरुसँग माग गर्दा पनि सहयोग पाउन नसकेपछि ऋण खोज्नुको विकल्प नभएको हो । कच्ची बाटोमा एम्बुलेन्स चलाउँदा धेरै विग्रिने र त्यसको कमाईवाट मर्मत लगायत नियमित खर्च संचालनमा समेत समस्या भएपछि मर्मतका लागि ऋण खोज्नु परेको अधिकारीले बताए ।
उक्त एम्बुलेन्स सेवा सुचारु भएसँगै उत्तरी पर्वतमा माझफाँट, बाँसखर्क, शालिजा, लेखफाँटसँगै छिमेकी जिल्ला म्याग्दीको नागीका बासिन्दा समेत प्रत्यक्ष रुपमा लाभान्वित हुने गरेका छन् । चौविसै घण्टा गाउँमै रहने भएकाले ग्रामीण क्षेत्रमा बिरामीहरुका लागि निकै सहज भएको अधिकारीले बताए ।
पर्वत जिल्ला अस्पताल, नेपाल रेडक्रस सोसाईटी लगायतका संस्थामा आर्थिक अभावकै कारण लामो समयदेखि एम्बुलेन्स मर्मत हुन नसकि थन्किएर रहेका बेला ग्रामीण क्षेत्रमा संचालित उक्त एम्बुलेन्स भने स्थानियको सक्रियामा मर्मतपछि सुचारु भएको हो । उक्त एम्बुलेन्स पोखरामा मर्मत गरेर आएपछि आइतवारदेखिनै सेवा दिन थालेको बताइएको छ ।
आफैले जुनसुकै बेला पनि प्रयोग गर्नुपर्ने भएकाले स्थानिय संघ संस्था र व्यक्तिहरुले सहज रुपमा आर्थिक सहयोग तथा सापटी रकम उपलव्ध गराएको स्वास्थ्य चौकीका प्रमुख गोरेबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार दैनिक चार देखि १० जना सम्म बिरामीलाई म्याग्दी जिल्ला अस्पताल बेनी, पर्वत जिल्ला अस्पताल कुश्मा तथा जटिल खालका बिरामीहरुलाई पोखरासम्म सेवा दिँदै आएको पनि उनले बताए ।
समाप्त

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी