पर्वतका ७ मासु पसल सञ्चालनमा रोक

पर्वत, १८ असोज
phootttपर्वतका विभिन्न बजार क्षेत्रमा सञ्चालित ७ मासु पसलले न्युनतम मापदण्ड पुरा नगरेको भन्दै व्यवसाय सञ्चालनमा रोक लगाईको छ । चाडपर्व नजिकिँदै गर्दा व्यवसायीहरुले उपभोक्ता हित विपरित व्यवसाय सञ्चालन गर्दै आएपछि जिल्ला पशु सेवा कार्यालय पर्वतको संयोजनमा जिल्ला प्रशासन कार्यालय सहित सञ्चारकर्मी र उपभोक्ता अधिकारबादीहरुको संयुक्त अनुगमन टोलीले सामग्री जफत गरेको हो ।
डेढ महिना अघि सञ्चालन भएको अनुगमनबाट टोलीले सुधार तथा मासु व्यवसाय स्तरोन्नतिका लागि १ महिना समायवधि दिएपनि उक्त समयमावधिमा समेत कुनै सुधार नल्याएको भन्दै सामग्री नियन्त्रणमा लिएको हो । यस अघि भदौ १० गते अनुगमन टोलीले मासु व्यवसायको अनुगमन गरेको थियो । मापदण्ड पुरा नगरेपछि पातिचौर डिमुवा क्षेत्रका ११ मासु पसल मध्ये ६ मासु पसलका सामग्री जफत गरिएको जिल्ला पशु सेवा कार्यालय पर्वतका पशु चिकित्सक डाक्टर विकास श्रेष्ठले जानकारी दिए । जस मध्ये डिमुवा बजारमा सञ्चालित सुस्मिता फ्रेस हाउस, युवा दर्शन फ्रेस हाउस र मनकामना फ्रेस हाउसको सामग्री जफत गरिएको हो भने पातिचौरको पुन फ्रेसहाउस, टेकबहादुर कुँवरको मासु पसल र थापा फ्रेस हाउसबाट व्यवसायमा सुधार नल्याउने समय सम्मका लागि सामग्री नियन्त्रणमा लिइएको हो । pppp
त्यस्तै कुश्मा बजारको मेलमिलाप चोकमा सञ्चालित मोहम्मद शाहको मासु पसल पनि दर्ता प्रक्रियामा नगएको भन्दै सामग्री नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयबाट टोलीमा सहभागी प्रभात लामिछानेले जानकारी दिए । पटक पटक सचेत गराउँदा पनि व्यवसायीहरुले अटेर गरेपछि सामग्री नै नियन्त्रणमा लिएर व्यवसायमा रोक लगाउन बाध्य भएको पशु चिकित्सक श्रेष्ठले बताए । टोलीले पर्वत सदरमुकाम कुश्माबजारका अन्य मासु पसलहरुमा समेत अनुगमन गरेको थियो । अनुगमनका क्रममा न्युनतम मापदण्ड नपु¥याएका व्यवसायीहरुलाई चेतावनी दिइएको थियो ।
चाडपर्व नजिकिँदै गर्दा मासुको कारोबार बढ्ने र व्यवसायीहरुले विगतको समयमा लापरबाही गरेको कुरालाई मध्यनजर गर्दै यसबर्ष अनुगमनलाई तिब्रता दिइएको पशु सेवा कार्यालय पर्वतले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी