करेन्ट लागेर बालकको मृत्यु

 

कुश्मा । पर्वत जिल्लाको कुश्मा नगरपालिका–११ खरेहामा करेन्ट लागेर मंगलवार दिउँसो एक बालकको ज्यान गएको छ ।
रौटहट जिल्लाको शितलपुर ८ घर भई कुश्मा नगरपालिका ११ खरेहामा बस्दै आएका रमेश मुखियाका चार वर्षिय छोरा राजन मुखियाको ज्यान गएको हो । उनको हातमा करेण्ट लागेको थियो ।
घरमा विजुलीको तार खेलाउँदा हातमा करेण्ट लागेको र उनकी आमाले छुटाउन गएपनि नसकेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाईते भएका बालको उपचारका लागि जिल्ला अस्पताल पर्वतमा लैजादै गर्दा बाटैमा मृत्यु भएको पनि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक मधुकरजंग विष्टले जानकारी दिए ।
मृतक बालकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ । मृतकका बाबु रमेश मुखिया सोहि ठाउँमा रहेको मनकामना टायर पसलमा कार्यरत रहेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका