ज्यान मुद्दाका फरार अभियुक्त एक्काइस बर्ष पछि समातिए

district-police-office-parbat

पर्वत ,अदालतले सजाय सुनाए पनि लकुछिपी बस्नु भएको छ भने अब तपाईका दिन सकिए भन्ने सम्झनुस । पर्वतको प्रहरीले लुकिछीपी बसेका फरार अभियुक्तहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।
यसरी नै साथीको हत्या गरि फरार भएका एक अभियुक्तलाई प्रहरीले २१ बर्ष पछि समातेर अदालतमा पेश गरेको छ । पर्वत जिल्लाको राम्जा देउराली गाउँ बिकास समिति वडा नं २ का सेते भन्ने टेकबहादुर जिसीलाई प्रहरीले २१ बर्ष पछि समातेर अदालतमा पेश गरेको हो ।
जिसीलाई लुकीछिपी बस्दै आएको अवस्थामा उसकै घरबाट असोथ १४ गते पक्राउ गरि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । जिसीलाई २०५२ साल जेठ ५ गते पर्वतको आर्थर डाडाँखर्क गाबिस वडा नं १ सातबिसेमा रामकाजी गुरुङ्गलाई हत्या गरेको अभियोगमा पर्वत जिल्ला अदालतले सर्बस्व सहित २० बर्ष कैद सजाय सुनाएको थियो । गुरुङ्गलाई कर्तब्य गरि हत्या गरेर बरको रुखमा झुण्डाएको अवस्थामा फेला पारेपछि जिसी सहितका चार जनालाई प्रहरीले पक्रेको थियो । पर्वत जिल्ला अदालतमा २०५३ असारमा पेश हुँदा उनीहरु चारै जना तारेखमा रिहा भएका थिए ।
जिसी सहित तारेखमा रिहा भएका अभियुक्तहरुको मुद्दामा पर्वत जिल्ला अदालतले २०६९ चैत्र २९ गते फैसला गरेको थियो । अदालतले जिसीलाई मात्रै दोषी ठहर गरेर २० बर्ष कैद सजाय सुनाएको थियो । अदालतको फरार सुचीमा रहेका जिसीले भारतीय सेनामा जागिर सकेर पेन्सनमा निस्केका थिए । यता फरार सुचीमा रहेपनि उता जागिर गर्दैै आएका जिसी अन्तत प्रहरीको फन्दामा परेका छन । उनलाई पर्वत जिल्ला अदालतले थुनामा पठाइसकेको छ।
श्रीमती हत्यारा पक्राउ
यसैगरी आफ्नै श्रीमतीको हत्या अभियोगमा सजाय सुनाइएपनि लुकेर बस्दै आएका पर्वतको शालिग्राम गाबिस – ६ का दिपक तिवारीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ। तिवारीले २०६५ साल पौष २९ गते आफ्नै श्रीमती अनिता तिवारीको हत्या गरेका थिए । उनलाई २०६५ माघ २४ गते पर्वत जिल्ला अदालतमा पेश हुँदा पुर्पक्षका लागि थुनामा पठाएको थियो । प्रहरीका अनुसार २ बर्ष कारागारमा थुनामा बसेका तिवारी पुनराबेदन अदालत बागलुङ्गको आदेशले रिहा भएका थिए । त्यसपछि २०७२ साउन २२ मा सर्बोच्च अदालतले १० बषै कैद सजाय सुनाएको थियो । सर्बोच्च अदालतले कैद सजाय सुनाएपनि तिवारी फरार थिए ।
पर्वतमा नयाँ प्रहरी प्रमुख शेखर खनाल आएपछि अदालतले सजाय सुनाई पनि लुकीछुपी बसेका अपराधीहरुलाई धमाधम पक्रन थालेको छ । अपारधी निर्धक्क हिड्ने र प्रहरीले देखेको नदेखेझै गरेको भन्दै चौतर्फी बिरोध भएपछि प्रहरीले सक्रियता देखाएको छ। एक हप्ताको अवधीमा प्रहरीले ३७ जना फरार अभियुक्तहरुलाई पक्रेको छ र अदालतमा पेश गरेको छ। ‘अपराधी समाजमा सम्मान साथ हिड्ने अवस्था आउन नदिन यो अभियानलाई अझै तीब्र बनाउने छौ’ डिएसपी शेखर खनालले भने । फरार व्यक्तिहरु नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय पर्वतले विशेष टोली नै खटाएको छ । अहिले पर्वत जिल्ला अदालतले विभिन्न मितिमा फैसला गरेर कार्बाही सुनाइएका तीन सय ३८ जना व्यक्तिहरु अझै पनि फरारको सूचीमा रहेको अदालतको तथ्याङ्क छ । प्रहरीले सञ्चालन गरेको अभियानले फैसला कार्यान्वयनमा सहयोग पुगेको छ । जसमध्ये यसरी फरार व्यक्तिहरुबाट सात सय आठ बर्ष दुई महिना १८ दिन कैद सजाय र छ करोड ५४ लाख ३४ हजार चारसय ८५ रुपैँया दण्ड जरिवाना असुल उपर हुन बाँकी रहेको अदालतको तथ्यांक छ ।
समाप्त असोज १६

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना