क्षेत्रिय खेलकुदका लागि फुटबल टिम छनौट

footbalपर्वत, राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पर्वतबाट फुटबल टिमको छनौट भएको छ।
पुर्बाञ्चलमा हुने राष्ट्रिय खेलकुदका लागि पश्चिमाञ्चल क्षेत्रिय प्रतियोगितामा सहभागि हुन टिम छनौट भएको हो ।
जिल्ला खेलकुद बिकास समिति पर्वतले दिएको जानकारी अनुसार आइबार आशिष गुरुङ्गको नेतृत्वमा १८ सदस्यीय टिमको छनौट भएको हो । छनौट भएको टिमलाई नेकपा(एमाले) पर्वतका सचिब पदमपाणी शर्माले बधाई तथा शुभकामना दिएका थिए । उनले युवाहरुमा खेलकुदले अनुशासन र राष्ट्र निर्माणका लागि जिम्मेवारी बोध गराउने बताउँदै उनीहरुलाई बिजयको शुभकामना दिएका थिए । कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रेम गुरुङ्ग, समितिका सदस्य समिर मल्ल लगायतले पनि शुभकामना र बधाई दिएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो