तल्लो मोदीखोलाको सुरुङ्ग निर्माण कार्य सुचारु

p1340170मज्दुर र कर्मचारीको आन्दोलन सकियो
पर्वत , असोज १६
कर्मचारी र मज्दुरको आन्दोलनका कारण रोकिएको २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलबिद्युत आयोजनाको सुरुङ्ग निर्माण कार्य सुचारु भएको छ।
तल्लो मोदीखोला जलबिद्युत आयोजनाको सुरुङ्ग निर्माणको ठेकेदार कम्पनी साउथ एसियन इन्फ्रास्टक्चर प्रालिमा कार्यरत आन्दोलनकारी मज्दुर र कर्मचारी संग सहमति पछि निर्माण कार्य सुचारु भएको हो । सुरुङ्ग निर्माण कार्यमा संलग्न मज्दुर र कर्मचारीले तलब सुबिधा बृद्धिको माग गर्दै आन्दोलन गरेका थिए ।
साउथ एसियन इन्फ्रास्टक्चर प्रालिले मज्दुर र कर्मचारीको तलब १० प्रतिशत बृद्धि गर्ने सहमति गरेको छ। तल्लो मोदीखोला जलबिद्युत आयोजनाको सुरुङ्ग निर्माण कार्यको ठेक्का लिएको साउथ एसियन इन्फ्रास्टक्चर कम्पनीमा कार्यरत २ सय भन्दा बढी मज्दुर र कर्मचारी कार्यरत छन । उनीहरुले २५ प्रतिशत तलब बृद्धिको माग गर्दै आएका थिए ।
अहिले सम्म सम्म तल्लो मोदीखोला जलबिद्युत आयोजनाको ४ हजार २१ मिटर सुरुङ्ग मध्ये ३ हजार ५ सय ८३ मिटर सुरुङ्गको निर्माण कार्य सकिएको छ। अब बाँकी रहेको ४ सय ३८ मिटर सुरुङ्ग आगामी जेठ महिना भित्र सक्ने लक्ष्य सहित काम भैरहेको साउथ एसियन इन्फ्रास्टक्चर प्रालिका प्रोजेक्ट म्यानेजर ध्रुब मिश्रले जानकारी दिए । ‘तलब बृद्धिको मागलाई सम्बोधन गरेर निर्माण कार्य सुचारु गरेका छौ’ उनले भने –‘दशै,तिहार, छठ जस्ता चाडपर्व पछि निर्माण कार्यले गति लिन्छ ’
पर्वतको कुस्मा नगरपालिकामा पर्ने चुवा र दुर्लुङ्ग तथा तिलाहार, बाजुङ तथा देउपुर गाविसमा निर्माण भैरहेको आयोजनाको निर्माण कार्य २०७४ असोज सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यही असोज भित्र सम्पन्न गर्ने लक्ष्य राखिएपनि बिभिन्न कारणले काममा ढिलाई भएकाले निर्माण कार्य एक बर्ष ढिलाई भैरहेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी