तरकारी खेतीबाट बार्षिक ८ लाख कमाई

               devilal-bhusal-parbat-2पर्वत १६, असोज, नेपालमा आम्दानीको श्रोत नदेखेर युवाहरु विदेशीरहेको बेला पर्वतको देविस्थान गाविस वडा न ७ का देवीलाल भुषालले तरकारी खेतीबाट बार्षिक ८ लाखसम्म आम्दानी गर्दै आएका छन । आफनै बारीमा लगाएको तरकारी र नर्सरीका विरुवाको विक्रीबाट बार्षिक ८ लाखसम्म उनले आम्दानी गर्दै आएका हुन ।
‘बर्मेली बा’ को नामबाट परिचित भुषालले प्राङगारिक मलको प्रयोग गरी तरकारी खेती गर्दै आएका छन । झण्डै ५ रोपनी क्षेत्रफलमा टनेल भित्र र बाहिर तरकारी खेती गर्दै आएका उनले बार्षिक तरकारीको विरुवा विक्रीबाट मात्रै ३ लाखसम्म आम्दानी गर्ने गरेको बताउँछन । ‘अरु ब्यवसायीक तरकारी लगाउनेलाई विरुवा पनि मैले नै बेच्छु ।’ भुषाल भन्छन–‘प्राङगारिक उत्पादन भएकाले पनि विक्रीको कुनै समस्या छैन ।’ ५ छोरा र १ छोरीका बुवा भुषाललाई कान्छो छोरा र श्रीमतीले तरकारी खेतीका लागि सहयोग गर्दै आएका छन । ‘कामदार नराखी आफै काम गर्दा फाइदा धेरै भएको हो’ निकै हसिलो मुद्रामा उनले भने–‘दिउँसो गर्मि हुँदा बत्ति बालेर राती पनि काम गर्छु ।’ विगत २० बर्ष देखि आफू तरकारी खेतीमा लागिरहेको बताउने उनले जिल्ला स्तरीय कृषि पुरस्कार र सम्मान पनि पाएका छन ।
काउली, बन्दा, टमाटर, घिरौला, खुर्सानी, भेन्टा लगाएतका तरकारीका विरुवा (बेर्ना) उनले प्रत्येक बर्ष नर्सरीबाट विक्री गर्छन । भुषालले टमाटर, काउली, बन्दा र मुलाको विक्रीबाट आफूले मनग्य आम्दानी लिइरहेको बताउँछन । ‘तरकारी खेतीबाटै छोराछोरीलाई पढाए, घर खर्च चलाए ।’ आफनो विगत सम्झदै उनी भन्छन–‘पहिले निकै दुःख थियो, अहिले घर नजिकै गाडि आएको छ सवै कुराको सजिलो भएको छ ।’ प्राङगारिक मलबाट तरकारी खेती गर्ने भएका कारण ग्राहकहरु घरमै आउने गरेको बताउदै उनले बजारको कुनै समस्या नभएको बताए । कृषि अनुन्धान केन्द्र लुम्लेबाट समेत आफूलाई पटक पटक तरकारी खेतीको अनुसन्धानका लागि सम्पर्क गर्ने गरेको अनुभव सुनाउँदै उनी भन्छन–‘काम गर्न सके नेपाली माटोमा सुन फल्छ ।’ ५ वटा टनेल भित्र गरेको तरकारी खेतीबाट उनले सोचे जति आम्दानी गरीरहेका छन । तरकारी मात्र नभएर नर्सरीका विरुवा किन्नका लागि समेत उनको घरमै ग्राहकहरु आउने गर्छन ।
बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले भुषाल जिल्लाकै नमुना कृषक भएको बताउँछन । रेग्मीले भने –‘निरन्तरको लगाबका कारण उनी सफल भएका छन ।’ दैवी विपत्ति बाहेक अरु क्षेत्रको समस्या नभएका कारण कृषि क्षेत्रमा युवाहरुले समय दिने हो भने बार्षिक लाखौं आम्दानी स्वेदशमै गर्न सकिने रेग्मीको भनाई छ । घरको करेसा र बलेनीमा समेत तरकारी लगाउँदै आएका उनले उत्पादन गरेका बेर्ना पनि गुणस्तरीय हुने भएका कारण जिल्लाका धेरै गाविसमा उनले उत्पादन गरेका तरकारीका बेर्ना विक्री हुँदै आएको रेग्मी बताउँछन । थोरै लगानीबाट धेरै प्रतिफल लिने कृषि पेशा भएपनि यस प्रति भने यूवाहरुको आकर्षण सोचेजति नभएको रेग्मीको भनाई छ । पछिल्लो समय भने पर्वतमा झण्डै दुई दर्जन बढि गाविसमा कोही न कोही कृषक ब्यवसायीक रुपमा कृषि पेशामा लागीरहेको बरिष्ठ कृषि विकास अधिकृत रेग्मीले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’