एमालेको मुस्ताङ जिल्ला कमिटिमा पुनः गौचन

मुस्ताङ, १६ असोज । नेकपा एमाले मुस्ताङका अध्यक्षमा पुनः चन्द्रमोहन गौचन निर्वाचित हुनुभएको छ । uml-cpn-logoसदरमुकाम जोमसोममा शनिबार सम्पन्न पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट गौचन दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्रिचालिस सदस्यीय जिल्ला कमिटीका उपाध्यक्षमा देवबहादुर गुरुङ, सचिवमा आसबहादुर थकाली, सहसचिवमा आसमाया परियार चयन हुनुभएको छ ।

सदस्यमा नवीन भट्टचन, टसी स्याङ्मो गुरुङसेनी, तिलक विक, भूपेन्द्र शेरचन, छाङरिङ्जिन गुरुङ, हेमन्त शेरचन, रामप्रसाद विक, रत्न गोतामे, रत्न विक, दीपसागर थकाली, कुलबहादुर थकाली, विशाल शेरचन, तेजेन्द्र गौचन, नरप्रसाद हिराचन, दीपक लालचन, छेप्तेन गुरुङ, कुङ्गातेन्जिन गुरुङ, खाण्डो गुरुङ लगायत रहनुभएको छ । अधिवेशनले पार्टीको लेखा परिषद्का अध्यक्षमा मीमकुमारी शेरचन, उपाध्यक्षमा सुन्देवी रसाइली र सचिवमा आइतलाल थकालीलाई चयन गरेको छ ।

त्यस्तै जिल्ला निर्वाचन कमिटीका अध्यक्षमा शेरबहादुर गुरुङ, उपाध्यक्षमा सीमा नेपाली र सचिवमा बुद्धिसिंह नेपाली चयन भएको एमालेले जनाएको छ । अधिवेशनको समापन समारोहमा नवनिर्वाचित अध्यक्ष गौचनले एमालेलाई जिल्लामा पहिलो पार्टी बनाउन लागिपर्ने बताउनुभयो ।

– See more at: http://www.dainiknepal.com/2016/10/187685.html#sthash.VQ6asI0J.dpuf

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई