क्षेत्री समाजको फलफुल बितरण

img_20161001_082338क्षेत्री समाजको ९ औ स्थापना दिवसको अवसर पारेर पर्वत जिल्ला अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको छ।
क्षेत्री समाज पर्वत जिल्ला कार्यसमितिले अस्पतालका १५ जना बिरामीलाई फलफुल बितरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले बिरामीलाई फलफुल बितरण गरेर कार्यक्रमको शुरुवात गरेका थिए । कार्यक्रमा पर्वत जिल्ला अस्पतालका मेडिकल अधिकृत सरोज दाहाल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, समाजकी उपाध्यक्ष सरस्वती भण्डारी, सदस्यहरु मिना बानियाँ, सिता केसी लगायतले फलफुल बितरण गरेका थिए भने शुभकामना मन्तब्य पनि ब्यक्त गरेका थिए ।
क्षेत्री समाजले नबदुर्गाको शुरुवात हुने दिन घटस्थापनालाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी