नमुनामा बधाई कार्यक्रम

14568019_1058855780878428_2074001650551333774_n
कुस्माबजारको नमुना आवासिय माबिमा बिजया दशमीको पुर्ब सन्ध्यामा बधाई, बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
यस बर्ष कक्षा १२ उर्तिण गरेका बिद्यार्थीका लागि बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यलयका विद्यालय निरीक्षक झलकनाथ आचार्यले शुभकामना मन्तव्य दिदै विद्यार्थीहरुलाइ ठुलो मान्छे भन्दा असल मान्छे बन्न सुझाव दिए । उनले उत्रिण हुन सफल सम्पुर्ण विद्यार्थीहरुलाइ मायको चिनो र धौलागिरी प्रथम, द्वितीय, तृतीय,पाँचौ र छैटौं स्थान प्राप्त गर्ने विद्यार्थीलाई मेडल प्रदान गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै गणेश मा वि का प्र अ चुडामणि उपाध्यायले यस क्षेत्रको शैक्षिक उन्नयनमा नमुनाको उल्लेखनीय भुमिका रहेको भन्दै सार्बजनिक र निजि बीच सहकार्य गर्नुपर्ने आवश्यकता औल्याए । सोही अवसरमा उत्कृष्ट नतिजा प्राप्तिमा सहयोग पुर्याउने शिक्षकहरु नवराज शर्मा , रुद्र शर्मा, नारायण न्यौपाने गोविन्द सुवेदी उमेश सापकोटा र अमृत अधिकारी लाई मेडलले सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत नवराज शर्माले गर्नु भएको थियोे । कार्यक्रममा विद्यार्थी भविस्य थापा र अभिभावक गङ्गाबहादुर जि सिले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका सहप्राचार्य खेमराज शर्माले सन्चालन गर्नु भएको कार्यक्रममा विद्यालयका प्राचार्य इन्द्रमान खत्रीले विद्यार्थी जिवनका विविध पक्षमा प्रकाश पारेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि