पर्वतको पाङमा युवासंघको प्रशिक्षण कार्यक्रम सम्पन्न, दुई दर्जन युवा एमालेमा प्रवेश

14527499_1133577596734533_1588620768_n

१६ असोज, पर्वत
युवा संघ नेपाल वडा कमिटि कु.न.पा. १,२,३ पाङ पर्वतको आयोजनामा आज कु.न.पा. ३ पाङमा शुभकामना आदान प्रदान तथा युवा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । ने.क.पा. (एमाले) जिल्ला कमिटि पर्वतका अध्यक्ष पदम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कु.न.पा. १,२,३ पाङ पर्वतका करिव १०० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी २२ जना युवाहरु ने.क.पा. (एमाले) मा प्रवेश गरेका थिए ।

उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले देशमो परिवर्तित परिवेशमा युवाको भूमिकाको बिषयमा प्रकास पारेका थिए । उक्त कार्यक्रममा ने.क.पा. (एमाले) जिल्ला कमिटि पर्वतका अध्यक्ष पदम गिरीले परिर्वतन समयमा दशै पर्वलाई युवाहरुले सकारात्मक सोच अभिबृद्धि गर्ने पर्वको रुपमा मनाउनुपर्ने बताएका थिए । अध्यक्ष गिरीले सकारात्मक चिन्तनबाट सृजनशिल कार्यको शुरुवात हुने बताउदै युवा वर्गलाई सृजनशिल र उत्पादनमुखी कार्यमा लाग्न सुझाब समेत दिएका थिए । कार्यक्रममा ने.क.पा. (एमाले) जिल्ला कमिटि पर्वतका सदस्यहरु शेषराज रेग्मी, राम प्रसाद रिजाल, पूर्व जिल्ला कमिटि सदस्य देवेन्द्र प्रसाद सुवेदी, त्यस्तै नगर कमीटी सदस्यहरु इन्द्र प्रसाद शर्मा 14528468_1157394331001433_1967251943_nतथा छविलाल पौड्याल, वडा कमिटि कु.न.पा. १ का अध्यक्ष हरिकृष्ण सुवेदीले युवाहरुको भूमिका र दशै पर्वकोम महत्वका विषयमा मन्तब्य राखेका थिए ।
कार्यक्रममा वडा कमिटि कु.न.पा. २ का अध्यक्ष शंकर प्रसाद रिजाल, वडा कमिटि कु.न.पा. ३ का अध्यक्ष केदार नाथ पौड्याल, युवा संघ जिल्ला कमिटि सदस्य ढाकाराम पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रेम प्रसाद शर्मा रेग्मी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । युवा संघ नेपाल वडा कमिटी कु.न.पा १ का अध्यक्ष प्रेम ब. सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन युवा संघ नगर कमिटि सचिव दिनेश पौडेलले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना