पुर्ण सरसफाईयुक्त गाबिस घोषणाको तयारीमा रानीपानी

पर्वत , असोज १५, ranipani-sarsafaiदक्षिण पर्वत जिल्लाको रानीपानीलाई पूर्ण सरसफाईयुक्त गाविस घोषणा गर्ने तयारीमा पुगेको छ। पर्वतको पहिलो खुल्ला दिसामुक्त गाबिस घोषित रानीपानीमा ब्यक्तिगत आनीबानीको परिर्वतन र वातावरणीय सुधारका सुचकहरु पुरा हुँदै गएपछि पूर्ण सरसफाई सहितको नमुना गाविस घोषणा गर्ने तयारी गरिएको हो ।
गाविसका १, ४ र ९ वडाहरुलाई पूर्ण र सरसफाइयुक्त वडा घोषणा गरेसंगै गाविस पूर्ण सरसफाईयुक्त गाविस तर्फ उन्मुख भएको छ । गाविसमा आयोजीत एक कार्यक्रमका वीच जिल्ला वास सल्लाहकार प्रसन्न पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाविसका ३ वटा वडालाई पूर्णसरसफाइयुक्त वडा घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै सल्लाहकार पाण्डेयले वडा घोषणासंगै गाविसलाई पूर्ण सरसफाइयुक्त नमुना गाविस घोषणा अभियानले निकै पूर्णता पाउने विश्वास ब्यक्त गरे । पाण्डेले पूर्ण सरसफाई ब्यक्तिगत आनीबानी परिर्वतनसंग जोडिएको विषय भएका कारण यसलाई गम्भिरतापूर्वक लिन गाविसवासीलाई समेत आग्रह गरे । कार्यक्रममा जिविस पर्वतका सरसफाई फोकल पर्सन प्रकाश लम्साल, इलाका प्रहरी कार्यालय हुवासका प्रमुख खगेन्द्रबहादुर खडका, गाविस सचिव छविलाल पौडेल लगाएतले सरसफाईका विषयमा मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा फिल्ड संयोजक देवराज पुरीले तिन वटै वडाका नागरिकहरुलाई सरसफाईमा पूर्ण प्रतिबद्ध रहन सपथ खुवाएका थिए । गाउँ गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समितिका सदस्य शुष्मा पौडेलको स्वागत मन्तब्य र समितिका अध्यक्ष गुणहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भने राजेन्द्र पौडेल र मुकुन्द्र पराजुलीले गरेका थिए । यस अघि पर्वतको पहिलो पूर्ण सरसफाईयुक्त नमुना गाविसको रुपमा थापाठाना गाविस घोषणा भईसकेको छ भने, कार्किनेटा, खानीगाउँ, धाइरिङ र बर्राचौर गाविस पनि पूर्ण सरसफाईयुक्त गाविस तर्फ उन्मुख रहेका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’