प्रहरीले शुरु गयो यात्रु सहायता कक्ष

20161001_095721
पर्वत, असोज १५ चाडवाड नजिकिदै जाँदा सवारी साधनमा यात्रुहरुको असुविधालाई मध्यनजर गर्दै पर्वत सदरमुकाम कुश्माबजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
कुश्माबजारस्थित शिवालयचोकमा शनिवार विहानदेखि सहायता कक्ष स्थापना गरिएको हो । चाडवाडको आवागमनसँगै सवारी साधनमा यात्रुको चाप बढ्ने र यात्रुहरु ठगिने भएकाले सम्भावित दुर्घटनाबाट जोगाउनका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।
नागरिक सहायता कक्षमा प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यासायीका प्रतिनिधिहरु रहने भएका छन् । क्षमता भन्दा बढि यात्रुहरु सवारी साधनमा चढाए, यात्रुहरुबाट बढि भाडा लिएमा, यात्रुका कुनै सामानहरु हराएमा वा अन्य कुनै अन्यायमा परेमा तत्काल यात्रु सहायता कक्षमा आएर उजुरी दिन सक्ने भएका छन् । उक्त नागरिक सहायता केन्द्र घटनास्थापनादेखि दिपावली सम्म रहने भएको छ ।
पोखरा बागलुङ सडक र ग्रामीण क्षेत्रमा संचालन हुने सवारीका साधनहरुमा व्यावसायीहरुले गर्ने अनियमितता बिरुद्ध तत्काल कारवाहि गर्नका लागि उक्त सहायता कक्षको ठुलो भूमिका रहने भएको छ । पर्वत सदरमुकाम हुँदै दैनिकजसो झण्डै एक हजार भन्दा बढि सवारी साधनहरु आवतजावत गर्दै आएका छन्

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना