जेष्ठ नागरिकहरुको ज्ञान, सीपलाई राष्ट्रिय विकासमा परिचालन गर्नुपर्छः प्रधानमन्त्री

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना सन्देश जारी गर्दै जेष्ठ नागरिकको सम्मानद्वारा राष्ट्रमा असल परम्परा स्थापित गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा’जेष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि राज्यले हाल प्रदान गरेको सुविधा तथा सहुलियत पर्याप्त नभएपनि एउटा असल परम्पराको थालनी भएको जनाइएको छ ।

आगामी दिनमा यसलाई सम्मानजनक जीवन जिउन सक्ने गरी क्रमशः बिस्तार गर्दै जाने कुरामा सरकारले विशेष ध्यान दिने प्रधानमन्त्रीको भनाइ छ ।

सन्देशमा प्रधानमन्त्रीले ‘जेष्ठ नागरिकहरुले आर्जन गरेका ज्ञान, सीप र अनुभवलाई राज्यले राष्ट्रिय विकासमा परिचालन गर्नुपर्ने नीति आवश्यक रहेको’ उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टुबर १ लाई अन्तर्राष्ट्रि जेष्ठ नागरिक दिवसको रुपमा मनाउन प्रस्ताव गरेको थियो । सोही अनुरुप विश्वभर आज जेष्ठ नागरिक दिवस मनाउने गरिएको छ ।

नेपालमा २५ लाख भन्दा बढी जेष्ठ नागरिकहरु रहेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी