चलचित्र ‘पंचायत’ को शुभमुहुर्त

 

पाँच दशक पुरानो कथामा आधारित नेपाली चलचित्र ‘पञ्चायत’को शुभ मुहुर्त
शनिबार बागलुङ्ग कालिका मन्दिरमा गरिएको छ ।
ऐतिहासिक संस्कृतिलाइ जर्गेना गर्ने उद्धेश्यले निर्माण गर्न लागिएको चलचित्र को‘पंचायत’को शुभ मुहुर्तको अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक छविलाल जोशीले क्लाप गरेर र नायक गणेश गिरीले नरिवल फोडेर शुभारम्भ गर्नुभयो ।
धौलागिरी क्षेत्रमा पञ्चायतकालिन समयमा कायम रहेको मुखिया प्रथाको झल्को दिने र त्यो समयमा महिला प्रति गरिने बिभेदको घटनाहरुलाइ चलचित्रको मुख्य बिषय बनाइएको छ । पहिलो पटक महिला महिनाबारी भएमा २१ दिन सम्म छुट्टै स्थानमा राख्ने, सूर्य देख्न नहुने जस्ता कुरितीको शिकार भएको घटनालाइ चलचित्रको कथामा समेटेएिको लेखक तथा निर्देशक शिवम अधिकारीले जानकारी दिनुभयो । चलचित्रको धौलागिरी क्षेत्रमा छायाँकन गरिने छ । dsc_0174
उक्त समयमा मुखियाले खेल्ने भूमिका तथा तत्कालिन सामाजिक परिवेशलाइ पनि समावेश गरिएको निर्माता रवि अधिकारीले बताउनुभयो । ‘यो चलचित्रमा भने मुखियाको भूमिका समाज परिवर्तनमा सहयोग गर्ने खालको छ’ अधिकारीले भने । ग्रामीण परिवेशको छाया“ङकन गरिने भएकोले आधुनिक प्रकारका कुनै पनि घर, सडक र फेसन प्रयोग नगरी चलचित्र बनाइन लागिएको हो । ‘व्यवसायिक सफलताका लागि नभइ पुरानो संस्कृति जोगाउने हाम्रो अभियान हो’ अर्का निर्माता गणेश गिरीले भने, ‘देशको सम्पत्तिको रुपमा हामीले चलचित्रलाइ उभ्याउने प्रयास गर्छौ ।’ गिरीले आफ्नो घर भएको बागलुङ र पर्वतका ग्रामीण बस्तीमा लगेर चलचित्र छाया“ङकन गराउने योजना बनाएको बताए । चलचित्रमा सरोज खनाल, निता ढुंगाना, गणेश गिरी, जानवी बस्नेत, रुपा राना लगायतका कलाकार छन् । एक महिना सम्म छाया“ङकन गरेपछि राजधानी फर्कने टीमले एक बर्षभित्र चलचित्र बजारमा ल्याउने लक्ष राखेको छ ।
कुस्माबजार संगै जोडिएको बागलुङको बलेवालइनै मुख्य स्थान बनाएर एक महिना सम्म छायांकन गरिने भएकोले कलाकारको घरको रुपमा चित्रण गर्न लागिएको स्थानमा परंपरागत छाना, काठ र ढुंगा प्रयोग भएको देखाउन रंग रोगन पनि गरिएको छ । त्यस्तै पर्वतको पाङमा पनि यो चलचित्र छायांकन गरिने छ । चलचित्रमा संगीत टंक बुढाथोकी र शिवम अधिकारीले भरेका छन् । क्यामेरामा रामेश्वर कार्की, निर्माणमा सुशान्त श्रेष्ठ, शंकर सुवेदी र मेनुका ढुंगाना पनि रहेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका