पातीचौरमा टेलिफोन बितरण शुरु

पर्वतको मुख्य ब्यापारिक केन्द्र मध्ये एक पातीचौर र डिमुवा बजारमा ल्याण्डलाईन –टेलिफोन बितरण गरिएको छ।
नेपाल टेलिकम पर्वतले पातीचौरमा १ सय ७५ लाईन ल्याण्ड लाइन टेलिफोन बितरण शुरु गरेको हो । पातीचौर क्षेत्रमा लामो समय देखि ल्याण्डलाईन फोन बितरणको माग हुँदै आएको थियो ।
नेपाल टेलिकम बागलुङ्ग र पर्वतको टिमले पातीचौरमा शुक्रबार देखि लाईन जडान थालिएको छ। स्थानियले १ सय ७५ लाईन टेलिफोनका लागि आबेदन गरेका थिए । सञ्जीबनी सहकारी संस्थाले आवेदन संकलन गरेको र बितरणमा सहयोग गरेको अध्यक्ष सागर जिसीले जानकारी दिए ।
नेपाल टेलिकमको ल्याण्डलाईन सेवा कुस्माबजारमा मात्रै छ । ग्रामिण क्षेत्रमा पहिले भिस्याट, सिडीएमए टेलिफोन बितरण भएपनि पछिल्लो समयमा मोबाइल सेवाको बिस्तार संगै उपयोग बिहीन भएका थिए । बिभिन्न बैंक, जलबिद्युत र ब्यापारिक कारोबार गर्ने संस्था र शिक्षण संस्थाले ल्याण्डलाईन टेलिफोन माग गर्दै आएका थिए । पर्वतको फलेबास, हुवास लगायतका क्षेत्रमा समेत यसको माग हुँदै आएको छ।
पातीचौरपछिछ हुवासमा बितरणको काम थाल्ने योजना नेपाल टेलिकमको योजना छ । हुवासका लागि पोखरामा सामान आइसकेको नेपाल टेलिकम पर्वतका प्राबिधीक प्रमुख केशब भुसालले जानकारी दिए । उनले हुवास पछि फलेबासमा पनि ल्याण्डलाईन टेलिफोन बिस्तार हुन जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो