कृषिका लागि धौलागिरीकै बढी बजेट पर्वतमा

 

पर्वत जिल्ला धौलागिरीमा भूगोलका हिसाबले सबैभन्दा सानो जिल्ला हो । भूगोलले सानो भएपनि पर्वत धेरै कुरामा अगाडी छ अन्य जिल्ला भन्दा ।
यस बर्ष पर्वतमा धौलागिरीका चारै जिल्लामा भन्दा बढी बजेट बिनियोजन भएको छ। जिल्ला कृषि बिकास कार्यालय पर्वतमा प्रमुखको रुपमा कार्यरत बासुदेब रेग्मीको कार्यकालमा कृषिमा बजेट बर्षेनी बढ्दै आएको हो । यस पटक प्रधानमन्त्रीे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संगै अन्य कार्यक्रममा पनि पर्याप्त बजेट बिनियोजन भएको हो ।
कार्यालयले दिएको जानकारी अनुसार कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउने उद्देश्यले धौलागिरि अञ्चलमै पहिलोपटक पर्वतमा प्रधानमन्त्री कृषि आधुनिकीकरण प परियोजना लागु भएको छ । पर्वतमा परियोजना का लागि २ करोड ७५ लाख ७७ हजार बजेट विनियोजन भएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष ०७३÷०७४ मा निक्षेपित तर्फ ३ करोड ८६ लाख १४ हजार रुपैया बिनियोजित भएको छ। जसमध्ये चालु बजेटतर्फ ३ करोड ५१ लख ३८ हजार र पुँजीगत बजेट तर्फ ३४ लाख ७६ हजार रुपैया रहेको छ । जिल्लाको एक नगरपालिका र ४७ वटा गाउँ विकास समितिमा खाद्यान्न, तरकारी, साना सिंचाई तथा फलफुलको पकेट तथा उत्पादन बृद्धिका लागि उक्त रकम खर्चिने भएको छ । सुन्तला जात फलफुल, व्यावसायीक तरकारी, व्यावसायीक मकै, कृषि प्रविधि विस्तार, खाद्यान्न दलहन तथा तेलवाली उत्पादन, मौरी तथा च्याउँ विकास कार्यक्रम लगायतका कार्यक्रमहरु संचालन हुने बरिष्ठ कृषि बिकास अधिकृत बासुदेब रेग्मीले बताए । कार्यालयमा प्राप्त केन्द्रिय कार्यक्रम अन्तर्गत ४ करोड ३६ लाख ९७ हजार बजेट छ ।
पर्वतमा मात्रै लागु भएको प्रधामन्त्री आधुनिक कृषि परियोजनमा ‘पकेट, ब्लक र जोन’मा जग्गालाई विभाजन गरी व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको हो । पाँच सय हेक्टर जमिनलाई जोन, सय हेक्टर जमिनलाई ब्लक र १० हेक्टर जमिनलाई पकेट क्षेत्र निर्धारण गरी परियोजना अगाडि बढाइने रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार यहाँ परियोजनाअन्तर्गत एक जोन, दुई ब्लक र झण्डै एक दर्जन वटा पकेट क्षेत्र निर्धारण गरिएका छन् । जोन खाद्यान्न तथा मकैवालीका लागि छनोट गरिएको छ र ब्लक तथा पकेट क्षेत्रमा व्यावसायिक रूपमा हुने बाली, फलफूल र तरकारी खेती गरिनेछ ।
दीर्घकालीन रूपमा सञ्चालन हुने परियोजनामा कृषिको उत्पादन, यान्त्रीकरण, बजारीकरण, सिँचाइ, प्रशोधन, कृषि शिक्षा, रोगकिरा नियन्त्रण लगायतलाई प्राथमिकतामा राखिएको छ । “बजेटको अख्तियारी आएपछि परियोजनाका कार्यलाई बढाउने गरी तयारी गरेका छौँ,” वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले भने ।
देशभर सञ्चालन हुने परियोजनाका लागि पाँच अर्ब ७८ करोड बजेट विनियोजन भएको बताइएको छ । उक्त कार्यक्रम मार्फत पर्वत क्षेत्र नं. १ को शालिजा, लेखफाँट, धाईरिङ्ग नाङलीवाङ क्षेत्रतर्फ तरकारी, फलेवास क्षेत्रमा धान, मकै तथा अन्य खाद्यान्न र तिलाहार चित्रे, पकुवा लगायतका क्षेत्रलई मिलाएर पकेट क्षेत्र र ब्लक बनाईने भएको छ । त्यस्तै शंकरापोखरी, भँगरा, लिमिठाना, ठानामौला, हुवास, त्रिवेण्ी, सरौखोला, भोर्ले लगायत बर्खे धान फल्ने क्षेत्रलाई पनि पकेटको रुपमा विकास गरिने बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका