फरार अभियुक्त धमाधम समाप्तै प्रहरी
प्रहरीकै आँखा अगाडी अपराधीहरु छाती फुलाएर हिड्न थालेपछि सर्वसाधरणले असुरक्षा महसुस मात्रै गरेका थिएनन , कानुनको पनि धज्जी उडेको थियो । तर यस्ता अपराधीलाई प्रहरीले खोजीखोजी समात्न थालेको छ।
अदालतले सजाय सुनाई पनि लुकीछुपी बसेका अपराधीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतले धमाधम पक्रन थालेको हो । अपारधी निर्धक्क हिड्ने र प्रहरीले देखेको नदेखेझै गरेको भन्दै चौतर्फी बिरोध भएपछि प्रहरीले सक्रियता देखाएको छ। पर्वतमा नयाँ प्रहरी प्रमुख शेखर खनालले आफ्नो पहिलो अभियानको रुपमा फरार अपराधीहरुलाई समाप्ने कामलाई अगाडी बढाएका छन ।
प्रहरीले सञ्चालन गरेको अभियानबाट १ लाख १४ हजार भन्दा बढी जरिवाना असुल उपर भएको छ भने १४ बर्ष डेढ महिना कैद सजाय असुल उपर गरेको छ । प्रहरीले यसरी फरार रहेका व्यक्तिहरुलाई विभिन्न मातहतका प्रहरी चौकीहरुको सहयोगमा नियन्त्रणमा लिएर अदालतमा बुझाइएको प्रहरी नायव उपरिक्षक शेखर खनालले जानकारी दिए । यसरी प्रहरीले अभियान सञ्चालन गरेपनि केही व्यक्तिहरु भने स्वयं अदालतमा उपस्थित भएर आफ्नो दण्ड जरिवाना तथा सजाय फछ्यौट गरेका छन् ।
नियन्त्रणमा लिएका व्यक्तिहरु मध्ये २८ दिन देखि ३ बर्ष कैद सजाय र १ सय २५ रुपैँया देखि १० हजार सम्म जरिवाना लागेका छन् । कतिपय कर्तब्य ज्यान मुद्दामा सजाय पाएर बिसौ बर्ष देखि फरार रहेकासमेत पक्राउ परेका छन । फरार व्यक्तिहरु नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय पर्वतले विशेष टोली नै खटाएको छ । अहिले पर्वत जिल्ला अदालतले विभिन्न मितिमा फैसला गरेर कार्बाही सुनाइएका तीन सय ३८ जना व्यक्तिहरु अझै पनि फरारको सूचीमा रहेको अदालतको तथ्याङ्क छ । प्रहरीले सञ्चालन गरेको अभियानले फैसला कार्यान्वयनमा सहयोग पुगेको छ । जसमध्ये यसरी फरार व्यक्तिहरुबाट सात सय आठ बर्ष दुई महिना १८ दिन कैद सजाय र छ करोड ५४ लाख ३४ हजार चारसय ८५ रुपैँया दण्ड जरिवाना असुल उपर हुन बाँकी रहेको अदालतको तथ्यांक छ ।
प्रहरीले समातेको फरार सुची
शैलेन्द्र कुँवर बाजुङ
जय ब खत्री देउपुर
भवानी प्र. पराजुली
ईकेश गुरुङ , पाखापानी
दिनेश नेपाली पाखापानी
सागर नेपाली पाखापानी
खिरमाया नेपाली
नन्दलाल सार्की पाखापानी
सन्तु नेपाली पाखापानी
डिल ब. नेपाली पाखापानी
निरज नेपाली पाखापानी
नविन नेपाली पाखापानी
रुसबहादुर नेपाली पाखापानी
खड्कबहादुर के.सी नाङलीवाङ
अभिषेक गुरुङ , कुस्मा
डिप्सन गुरुङ जि.तनहुँ,सतिसुँवारा
राहुल खड्का क्षेत्री कुस्म
समिर लामिछाने तिलहार
बलबहादुर परियार देउपुर
बिवश नेपाली कुस्मा
रामचन्द्र बि.क कटुवाचौपारी
टेकबहादुर बि.क लेकफाँट
राम व नेपाली तिलाहार
मिलन व परियार तिलाहार
भरत लामिछाने तिलाहार
गाँजा फडानीमा पनि सक्रियता
जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वतका गाउँगाउँमा गाँजा फडानी कार्यलाई तीब्र बनाएको छ। सदरमुकाम कुस्मा र वरपर मात्रै नभई दुर्गम गाउँमा समेत आफै उम्रने र खेती समेत गर्न थालिएपछि प्रहरीले आफ्ना युनिटलाई यति बेला गाँजा फडानीमा केन्द्रित गरेको छ।
प्रहरीले केही दिन यता पर्वतका विभिन्न गाउँबाट करिव ९ हजार गाँजाका बोट नष्ट गरेको छ । पूर्ण व्यवसायिक रुपमा पर्वतका कुनै पनि गाउँमा गाँजाको खेती नगरिएपनि गाउँमा अर्ध व्यवसायका रुपमा फस्टाउँदै गरेका गाँजा नष्ट गरेको बताएको छ। चालु आर्थिक बर्षको शुरुदेखि हालसम्म प्रहरीले ८ हजार ९ सय ५० गाँजाका बोट नष्ट गरिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले मातहतका प्रहरी पोष्टलाई परिचालन गरी उक्त गाँजा नष्ट गरिएको प्रहरी निरिक्षक मधुकरजंग विष्टले जानकारी दिए ।
सामाजिक रुपमा विकृति फैलिँदै गएपछि गाँजा नियन्त्रण अभियानलाई प्राथमिकता दिइएको विष्टले बताए । पछिल्लो समयमा विभिन्न बजार क्षेत्रका कुलतमा फसेका युवाहरु गाउँ गाउँमा पुगेर गाँजा किन्ने र झनै कुलतको दलदलमा फस्ने गरेको पाइएकाले नियन्त्रण गर्न अभियान थालिएको उनले बताए ।