पर्बतमा झण्डै २ हजार लिटर भन्दा बढी अबैध घरेलु मदिरा नष्ट
पर्बतका बिभिन्न गल्लीगल्लीमा र होटलहरुमा राखि अबैध रुपमा बिक्री बितरण हुदै आएको घरेलु मदिरा नष्ट गरिएको छ । कुश्मा बजारको गल्लीगल्लीमा अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्नेको संख्या बढेको पाइए पछि शुक्रबार जिल्ला प्रशासन कार्यलय, घरेलु, नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्र, र ट्राफिक कार्यालयले संयुक्त रुपमा बजार अनुगमन गर्दा अवैद्य रुपमा राखिएको घरेलु मदिरा नष्ट गरिएको हो ।
अनुगमन टोलीले खरेहा शिवालय चोक, बडागाउँ र प्रगतिचोक लगायतका चोक बाट झण्डै २ हजार भन्दा बढी घरेलु मदिरा नष्ट गरेको हो । अनुगमन क्रममा टोलीले १ सय घरमा अबैध रुपमा घरेलु मदिरा उत्पादन हुने गरेको भेटाएको छ ।
चाडपर्व नजिकिदै गर्दा कुश्मा बजारमा घरेलु मदिराको प्रयोग बढेपछि त्यसको रोकथामको लागि प्रहरीले अनगुमन बढाएको हो । चाडपर्व शुरु भएसँगै मदिराको प्रयोग बढ्ने भएकोले अनुगमन थालिएको र अनुगमनलाई अझै तिब्रताका साग अगाडि बढाईने प्रहरी निरिक्षक मधुकर जग बिष्टले जानकारी दिनुभयो । उहाले पटक पटक सबैलाई सचेत गराउँदा समेत अटेर गरेपछि आफुहरु अभियानका साथ अगाडि बढेको बताउनुभयो । आफुहरुले बिषेश गरि अबैध घरेलु मदिरा तयार गर्ने ठाउँहरुलाईनै लक्षित गरी अनुगमन गरिएको अनुगमनको क्रममा घरेलु मदिरा तयार पार्न भाडाकुडाँ सहित सबै समानहरु नियन्त्रणमा लिएको उहाले जानकारी दिनुभयो ।
जिल्लामा इजाजत बिना मदिरा बिक्रि बितरण गर्न कानुनी रुपमा छुट नभएपनि अधिंकास होटल ब्यबसायीहरुले कानुनको उल्लघन गरेको समेत पाइएको छ । घरेलु मदिरा बनाउनेहरुलाई कानूनी दर्ता गरेर मात्रै मदिरा उत्पादन गर्न वा बन्द गर्नको लागि सुझाव दिएको भएपनि त्यसको पालना अझै हुन सकिरहेको छैन् । मदिरा सेवनकै कारण जिल्लामा सार्वजनिक अपराध बढेको देखिएको छ । स्थानीय रुपमा मदिराजन्य पदार्थ उत्पादन गर्न कानुनले बर्जित गरेको भएपनि लुकिछिपी स्थानीय रुपमा पनि मदिरा उत्पादन गर्ने गरेको पाइन्छ ।
यता जिल्ला प्रहरी कार्यलय पर्वतले दसैँ, तिहार, छठलगायत चाडमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ । चाडबाडका समयमा धेरै मानिसले मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने भन्दै सवारी चेकजाँचमा कडाई पारिएको छ ।

file picture