सेनाको ब्यारेक नराख्न स्थानियबासीको माग

दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतको कुश्मा नगरपालिका ७ दुर्लुंङका स्थानीयबासीहरुले गाउँमा सेनाको ब्यारेक नराख्न माग गर्दैै बिरोधमा उत्रिएका छन ।
नेपाली सेनाले विना अनुमति फायरिंङ रेञ्ज खडा गर्न लागेको भन्दै विरोध जनाएका हुन ।

दुर्लुङ ७ चनौटेका स्थानीयबासीहरुले नेपाली सेनाले स्थानीय जग्गादाताको सहमतिमा ब्यारेकका लागि अधिग्रहण प्रकृया अघि बढाएको छ । अन्य गाउँलेको तथा स्थानिय सामुदायिक वनका उपभोक्ताहरुको सहमति भने लिएको छ।

हाल पर्वत सदरमुकाम कुश्मा बजार नजिकै कुश्मा नगरपालिकाimg_4207 ११ गोदाममा रहेको ब्यारेकका लागि जमिन अभाब भएपछि कुस्मा नगरपालिका – ६ मा सार्ने तथा वडा नं ७ मा तालिम केन्द्रको बनाउने तयारी भैरहेकोे छ । स्थानीय चनौटे सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुले सामुहिक रुपमा छलफल गरी दुर्लुंङको गिजेत भन्ने स्थानमा नेपाली सेनाले सञ्चालन गर्न लागेको फायरिंङ रेञ्ज कुनै पनि हालतमा मान्य नहुने निर्णय सहित आवश्यक सहयोगका लागि सरोकारवाला निकाय समक्ष धाएका छन् । उनीहरुले चनौटे सामुदायिक वन क्षेत्रमा सुचिकृत लोपोन्मुखक सालक, ३६ प्रकारका चराचुरुंगी, १६ भन्दा बढी प्रजातिका जिवजन्तु, बाघ, चरी बाघ लगायतका महत्वपूर्ण बन्य जन्तु पाइनुका साथै विभिन्न पर्यटकीय सम्भावना बोकेका स्थलहरु समेत रहेकाले उक्त स्थानमा फायरिंङ रेञ्ज राख्न नहुने माग रहेको छ । बन समुहका अध्यक्ष नरजंग गुरुंग उक्त माग सहित सहयोगका लागि जिल्ला वन कार्यालय पर्वतमा अनुरोध गरेको र सवै समुदायहरु सामुदायिक वनको रक्षाका लागि एक भएर लागेको बताउनुभयो ।

बन समुहका उपभोक्ताहरुले उक्त बन क्षेत्रमा अवस्थित महभिर छहरामा साहसिक खेल क्यानोनिंङ समेत सञ्चालन गर्ने तयारी गरेको बताउँदै सेनालाई कुनै पनि हालतमा उक्त जग्गा उपलब्ध हुन नदिने निर्णय गरेका छन् ।

यता गुल्मपति बालकृष्ण कार्कीले भने स्थानीयबासी र जग्गादाता सँग सहकार्य र सम्झौता गरेर नै फायरिङ रेञ्ज सहितको तालिम केन्द्र स्थापना गर्न लागेको बताउनुभयो । उहाँले स्थानीय ४० भन्दा बढी जग्गादाता सँग मञ्जुरी लिएर मात्रै २ सय रोपनी जग्गा लिने सम्झौता भइसकेको बताउनुभयो । सेनाले क्याप सञ्चालनका लागि कुश्मा नगरपालिका ६ दुर्लुङमा भने जग्गा खरिद गरी क्याम्प खडा गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

तस्विर ः सेनाले फायरिङ्ग रेञ्ज सञ्चालनका लागि लिन लागेको २ सय रोपनी जग्गा भएको स्थान ¬¬¬¬¬।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना