घरेलुको बजेट पुंजीगत भन्दा चालु खर्च दोब्बर

पर्वत ।  घरेलु तथा साना उद्योग बिकास समिति पर्वतले चालु आर्थिक बर्ष २०७३÷०७४ का लागि बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको बजेटमा पुंजीगत खर्च भन्दा चालु खर्च दोब्बर रहेको छ।
जिल्ला उद्योग प्रर्बद्धन समन्वय समिति पर्वतको बैठकमा कार्यालयले दिएको जानकारी अनुसार चालु खर्च तर्फ ७० लाख ५९ हजार रहेको छ भने पुंजीगत खर्च तर्फ १८ लाख रुपैया रहेको छ । कार्यालयको बार्षिक बजेट ९८ लाख ५९ हजार रुपैया रहेको प्रमुख उद्योग अधिकृत रेग्मीले बताउनुभयो ।

कार्यालयको चालु आर्थिक बर्षको बजेटमा उपयुक्र प्रबिधी हस्तान्तरण, घरेलु साना उद्यमीलाई प्रबिधी सहयोग, उद्यमी सृजना तथा रोगजार कार्यक्रम, उद्योग प्रबद्र्धन कार्यक्रम, सिप बिकास तथा रोजगार कार्यक्रममा भिन्न क्षमता भएकाहरुलाई सहयोग, युवा उद्यमी तथा जनशक्ति बिकास, लगतायतका कामर्यक्रम रहेका छन ।

समन्वय समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनी, स्थानिय बिकास अधिकारी युबराज पौडेल, जिल्ला वन अधिकृत कृष्णप्रसाद ढकाल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा , नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष गोपी अधिकारी लगायतका सहभागीले कार्यक्रमका बारेमा सुझाब प्रस्तुत गरेका थिए
भदौ २४

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना