एएफसी यु–१६ फुटबलमा भोलि नेपालले किर्गिस्तानको सामना गर्ने

काठमाडौँ,  भदौ ३१ । एएफसी १६ वर्षमुनि उमेर समूहको (यु–१६) छनोट फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल आयोजक किर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

किर्गिस्तानस्थित डोलोन ओमनुजाकोभ रङ्गशालामा सञ्चालन हुने सो प्रतियोगितामा नेपाली युवा टोलीले विजय लक्ष्यका साथ भोलि शुक्रबार बेलुका किर्गिस्तानको सामना गर्नेछ ।
उक्त प्रतियोगिताको उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली युवा टोलीले सबैभन्दा बलियो मानिएको टोली जोर्डनलाई समेत पराजित गरेको थियो ।
हिजो बुधबार भएको खेलमा नेपालले जोर्डनलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न सफल भएको थियो ।
त्यस्तै, बुधबार नै भएको पहिलो खेलमा किर्गिस्तान भने ओमनसँग २–० गोलअन्तरले पराजित भएको थियो ।
जारी प्रतियोगितामा नेपालले तीन अङ्क जोडेको छ भने किर्गिस्तान अङ्क विहीन छ । त्यस्तै, उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा नेपालसहित आयोजक किर्गिस्तान, ओमन र जोर्डन छन् ।

विभिन्न १० समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा समूह विजेता टोलीले अर्को वर्ष भारतमा हुने एएफसी च्याम्पियनसिप प्रतियोगिताका लागि सिधै छनोट हुनेछन् भने दश टोलीमध्येबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले पनि प्रतियोगितामा सहभागिताको मौका पाउने छन् । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’