हिन्दू–मुसलमानले सँगै मनाए तीज

फाइल फोटो

भक्तपुर, भदौ ३१ । विगत १० वर्षदेखि भक्तपुरको सूर्यविनायक बस्दै आएकी सवना खातुनले यसवर्ष तीजको व्रत बसिन् । हिन्दू महिलाले तीजको व्रत बस्दै आए पनि खातुनले हिन्दू धर्मको सम्मान गर्दै तीजको व्रत बसेकी हुन् ।

 

देशमा जातजाति र धर्मको नाममा विवाद ल्याउन खोजिएका बेलामा भक्तपुरमा भने हिन्दू धर्मका साथै अन्य धर्म मान्नेहरुले पनि धार्मिक सहिष्णुता प्रकट गर्दै तीज मनाएका थिए ।

खातुन दर्शनका लागि शिव मन्दिर नगए पनि आफ्नो श्रीमान् र परिवारका सुखका लागि बुधबार तीजको व्रत बसेको बताउँछिन् ।

उनले भनिन्–‘छिमेकीसँग मिलेर सामूहिक दर पकाएर हिन्दू महिलासँग सँगै बसेर दर खाएँ, यसवर्ष तीजको व्रत पनि बसेँ, हाम्रो धर्म फरक भए पनि परिवारको सुखका लागि परम्परा मान्न मन लाग्यो, धर्म र जातको नाममा देशमा कहिले राजनीति नभए हुन्थ्यो ।’

खातुनमात्रै होइन खातुनसँगै रहेका चारजना मुसलमान महिलाले पनि दर खाएर तीजको व्रत बसे । खातुन जस्तै भक्तपुर सल्लाघारीकी शारदा श्रेष्ठले पनि यसवर्ष आफ्नो श्रीमान् र परिवारको सुखको कामना गर्दै दर खाएर तीजको व्रत बसिन् ।

नेवार समुदायमा तीजको व्रत बस्ने परम्परा नभए पनि गतवर्षदेखि छिमेकी नारीसँगै आफू पनि व्रत बस्न थालेको उनले बताइन् ।

छिमेकीले तीजको व्रतका बारेमा बताएपछि गतवर्षदेखि उनीहरुसँगै तीजको व्रत बस्दै आएकी शारदा मात्रै होइन, शारदाको परिवारमा रहेका महिलाले पनि तीजको व्रत बसेका थिए ।

भक्तपुरमा यसवर्ष बाहुन क्षेत्रीले मात्रै नभई नेवार, लामा, तामाङ, राई समुदायका महिलाले सामूहिक रुपमा तीज मनाएका थिए । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’