एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक, ६६.९३ प्रतिशत उत्तीर्ण

फाइल फोटो

भक्तपुर, ३१ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल विहीबार सार्वजनिक गरेको छ ।

परीक्षामा कुल ८३ हजार ७८ जना अर्थात् ६६.९३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिए ।

परीक्षामा छात्रतर्फ ५५ हजार ३८२ र छात्रातर्फ ६८ हजार ७४६ जना गरी एक लाख २४ हजार १२८ परीक्षार्थी सहभागी भएका थिए । जसमा छात्रतर्फ ३८ हजार ३९९ जना र छात्रातर्फ ४४ हजार ६७९ जना उत्तीर्ण भएका छन् ।

कार्यालयले २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा गत साउन २० गतेबाट एसएलसी पूरक परीक्षा सञ्चालन गरेको थियो । उत्तीर्ण परीक्षार्थीले यसवर्षदेखि नै कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ