चिलीमा ८.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं, भदौ ३१ । दक्षिण अमिरिकी मुलुक चिलीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण त्यहाँको राजधानी सान्टियागोमा भवनहरुमा क्षति पुगेको छ ।

सान्टियागोबाट करिब २४६ किलोमिटरको टाढा उत्तर–पश्चिम तटीय क्षेत्रमा भूकम्पको झड्का ८.३ म्याग्निच्यूड मापन भएको छ ।

‘प्यासेफिक सुनामी वार्निङ सेन्टर’ले भूकम्पका कारण विनाशकारी सुनामी आउन सक्ने चेतावनी दिएको छ ।

भूकम्पका कारण अहिलेसम्म एक जनाको मृत्युको खबर बाहिर आएको छ । १५ जना घाइते भएका छन् । त्यहाँका तटीय क्षेत्र खाली गर्न आदेह दिइएको छ भने वालपरासियो पोर्टमा सुनामीको साइरनको आवाज सुनिएको छ ।

स्थानीय समय अनुसार ७ बजेर ५४ मिनेटमा भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)ले उल्लेख गरेको छ । यसको केन्द्रबिन्दू इल्लापेल सहरबाट ५५ किलोमिटर टाढा पश्चिममा भएको र केन्द्रबिन्दू जमिन सतहको १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । (एजेन्सी)

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना