मधेसी दलका नेताहरुको तीन घन्टा गोप्य बैठक

भक्तपुर, भदौ ३० । तराईमा आन्दोलनरत मधेसी दलका नेताहरुबीच बुधबार भक्तपुरको सानोठिमीस्थित तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा गोप्य बैठक बसेको छ ।

संविधानसभाले आगामी असोज ३ गते संविधान जारी गर्ने भएपछि आन्दोलनरत मधेसी मोर्चाका नेताहरुबीच तीन घन्टा लामो छलफल भएको हो ।

संविधान जारी हुने नै भएपछि तराईको आन्दोलनलाई अझै अघि बढाउने वा वार्तामा जाने भन्नेबारेमा छलफल गर्न  बैठक बसेको ठाकुर निवास स्रोतले जानकारी दिएको छ ।

बैठक मध्याह्न १ः२० देखि अपराह्न ४ः३० बजेसम्म जारी रहेको थियो ।

बैठकमा तमलोपाका अध्यक्ष ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत हृदयेश त्रिपाठी, रामनरेश यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, मनिष सुमनको सहभागिता रहेको बताइएको छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ