पशुपतिमा छिटो दर्शन गर्नेलाई एक हजारको टिकट

काठमाडौं, भदौ २९ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका तीजमा पनि पशुपतिनाथको छिटो दर्शन गर्न चाहने भक्तजनका लागि रु एक हजारको टिकटको व्यवस्था मिलाएको छ ।
तीजका दिन बिहान ३ बजेदेखि साँझ ८ बजेसम्म मन्दिरका चारै ढोका खुला गरिने र मन्दिरको नित्य पूजामा भने करिब एक घन्टा दर्शनको काम रोकिनेछ । रातिसम्म नै दर्शनको व्यवस्था मिलाइएको छ ।
कोषका सदस्यसचिव डा गोविन्द टण्डनले दर्शनका लागि आउने अशक्त तथा वृद्धवृद्धालाई छिटोछरितो पङ्क्तिको प्रबन्ध गरिने जानकारी दिए । कोषले मेला भर्न आउने भक्तजनलाई व्यवस्थित गर्न सञ्चालक समितिका सदस्य बबिता पौडेलको संयोजकत्वमा १०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’