अफगानिस्तानमा पाँच सर्वसाधारण र एक सेनाको मृत्यु

अफगानिस्तान, भदौ २९ । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा मङ्गलबार विहान सवारीलाई लक्षगरी गरिएको आतङ्ककारी आक्रमणमा पाँच सर्वसाधारण र एक सेनाको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन ।
मङ्गलबार बिहान सबेरै चार दिवार इलाकाको मुख्य सडकमा यात्रा गरिरहेको सर्वसाधारणको एक कारमा दुई सैनिकलाई चढाएपछि सो सवारी साधनलाई लक्ष्यगरी गरिएको गोली आक्रमणमा पाँच सर्वसाधारण र एक सेनाको मृत्यु भएको जनाइएको छ ।
सो आक्रमणमा परी अर्का एक सेना घाइते भएको जनाइएको छ । सो सवारी साधन छिमेकी प्रान्त पाक्टिया प्रान्ततर्फ गईरहेको जनाइएको छ ।
तालिवान आतङ्ककारी समूहले सर्वसाधारणलाई सरकारी समारोह सम्मेलन लगाउत सेनाको जत्थाबाट टाढा रहन चेतावनी दिएका छन् । रासस/सिन्ह्वा

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा