धर्म निरपेक्षता ब्याख्यासहित, झण्डा यथावत्, काँग्रेस-एमाओवादीका सभासद्ले प्रस्ताव फिर्ता लिए


काठमाडौं, भदौ २८ । संविधानसभा बैठकले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ का २४ वटा धाराहरु पारित गरेको छ ।
नयाँ बानेश्वरमा सोमवार विहानैदेखि बसेको संविधानसभा बैठकले संविधानको धारा १ देखि १४ सम्मका धाराहरु पारित गरेको हो । आइतवार १ देखि ३ सम्मका धाराहरु पारित भएका थिए ।
संविधानको धारा ४ मा अब नेपाल धर्मनिरपेक्ष रहने व्यवस्था गरिएको छ । तीन दलको संशोधनमा धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको छ । राप्रपा नेपालका कमल थापा लगायतले राखेको संशोधन प्रस्ताव भने संविधानसभाको बहुमतले अस्वीकृत गरेको थियो । साथै यसलार्इ संविधान विधेयकको अंग बनेको प्रस्ताव स्वीकृत भएको छ ।
धारा ७ मा नेपाली भाषा सरकारी कामकाजको भाषा हुने उल्लेख छ । धारा ८ मा अहिलेकै राष्ट्रिय झण्डालाई कायम राख्ने गरी यो धारा संविधानको परिमाजित विधेयकको अंग बनाउने प्रस्ताव पारित गरेको छ ।
काँग्रेसका डा. शेखर कोइराला लगायत एमाओवादीका केही सभासद्हरुले पेश गरेका संशोधन प्रस्तावहरु भने फिर्ता लिएका थिए । साना दलका प्रस्तावहरु भने बहुमतका आधारमा अस्वीकृत भएका थिए । संविधानसभाको अर्को बैठक सोमवार नै दोश्रो पटक बस्दैछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका