डुंगा दुर्घटनामा २८ आप्रवासीको डुबेर मृत्यु
काठमाडौं, भदौ २८ । ग्रीसका अधिकारीका अनुसार डुंगा दुर्घटनापछि कम्तिमा २८ जनाको डुबेर मृत्यु भएको छ ।
ग्रीसको पूर्वमा अवस्थित दक्षिण एइजन समुद्रमा डुंगा दुर्घटना हुँदा २८ जनाको डुबेर मृत्यु भएको छ । मृतकमध्ये झन्डै आधा संख्या बालबालिका रहेको जनाइएको छ ।
आइतबार बिहानै ग्रीसको फार्माकोसिनी टापुमा करिब सय जना यात्रु बोकेको डुंगा दुर्घटनामा पाँच जना नाबालक, पाँच केटी र पाँच केटा समुद्रमा डुबेको बताइएको छ ।
स्थानीय डुंगाको सहयोगमा ६८ जनालाई सकुशल उद्धार गरिएको छ । बाँकी ३० जना पौडी खेलेर टापुमा पुग्न सफल भएका छन् । (एजेन्सी)