अफगानिस्तानमा एकसय तालिवान र बाह्र सैनिक मारिए

काबुल,  भदौ २७। अफगानिस्तानमा अफगान राष्ट्रिय सेना एएनए देशको विभिन्न भू–भागमा गत २४ घण्टाभित्र जारी राखेको कारबाहीमा परी एकसय जना तालिवान मारिएका समाचार आइतबार सार्वजनिक गरिएको छ ।
सोही समयमा आतङ्ककारीले गरेको छुट्टाछुट्टै आक्रमणमा परी १२ जना एएनएका सदस्यको पनि ज्यान गएको बताइएको छ ।
शनिबार बिहानदेखि जारी रहेको यस कारबाहीको क्रममा करिब एकसय तालिवान मारिनुको साथै अन्य ३५ जना घाइते भएका र एक आतङ्ककारी पक्राउ परेको अफगान गृह मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।
यस कारबाहीका क्रममा सेनाले सडक किनारमा रहेको बम र बारुदी सुरुङ्गगरी ३० वटा बम निष्क्रिय बनाएको बताइएको छ ।
तालिवान आतङ्ककारी समूहले यस आक्रमणको हालसम्म कुनै टिप्पणी भने नगरेका जनाइएको छ । अफगानिस्तानको सेना र प्रहरीले तालिवान आतङ्ककारीहरुका विरुद्धमा निरन्तर रुपमा कारबाही जारी राखेका छन
अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारी विरुद्ध कारबाही जारी राखेका छन् ।
केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । तर कतिपय क्षेत्रमा तालिवानहरुले पनि सुरक्षाकर्मीमाथि जाइलाग्ने गरेका छन् ।
अफगानिस्तानमा बाँकी रहेका नेटो सैनिकले तालिवानसँग युद्ध नगर्ने तर अफगान सुरक्षाबललाई तालिम र सल्लाह दिने बताइएको छ ।
नेटो सैनिकले युद्ध समाप्तिको घोषणा गरी अफगानिस्तान छोडेको बताएपनि युद्ध भने रोकिएको छैन । रासस/सिन्ह्वा

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’