पर्यटन प्रवद्र्धनका लागि विदेशमा सांस्कृतिक कार्यक्रम

काठमाडौँ,  भदौ २७ । भूकम्पपछिको नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह गर्ने उद्देश्यले विभिन्न मुलुकमा विशेष सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।
नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाली फेस्टिबल प्रालि र श्रुति सङ्गीत विद्यालयले दक्षिण कोरिया, जापान र थाइल्याण्डमा आगामी असोज ८ गतेदेखि १३ गतेसम्म आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा नेपाली कलाकार र ती देशका स्थानीय कलाकारको समेत प्रस्तुति रहने जनाइएको छ ।
सांस्कृतिक कार्यक्रममा नेपालबाट कलाकार सिन्धु मल्ल, नरहरि प्रेमी, सुमिना लो, सन्तोष लामा, राजा राजेन्द्र पोखरेल र सुदन ढकाललगातयले सहभागिता जनाउने छन् ।
‘सेफ नेपाल, भिजिट नेपाल’ भन्ने नाराका साथ ती देशका नागरिकमाझ नेपालको सुरक्षित पर्यटनबारे सकारात्मक सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ ।
सो सांस्कृतिक कार्यक्रमबाट सङ्कलन गरिएको रकम नेपालका भूकम्पपीडितलाई सहयोग गरिने संयोजक रवीन्द्रपुरुष ढकालले जानकारी दिए । त्यसैगरी कोरियास्थित नेपाली राजदूतावासको संयोजनमा हुने कार्यक्रममा नेपाल र कोरियाको राष्ट्रिय झण्डा र राष्ट्रिय पोसाकका साथ प्रभातफेरी कार्यक्रमसमेत गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’