“हामी संविधान निर्माणको सुरुङभित्र प्रवेश गरिसकेका छौँ”

काठमाडौँ, भदौ २७। सभाध्यक्षा सुवास नेम्वाङले आजदेखि नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्राप्त संशोधन प्रस्तावमा मतदान हुने बताउनुभएको छ ।

रेडियो नेपालको ‘अन्तरसंवाद’ कार्यक्रमलाई आज बिहान दिनुभएको अन्तर्वार्तामा उहाँले प्रमुख दलको आग्रहमा शुक्रबार र शनिबार मतदानको प्रक्रिया स्थगन गरिएकाले आज बिहान ११:३० मा बस्ने पहिलो बैठकमा शीर्ष नेताले बोल्ने र त्यसपछि केही समय स्थगन भई दोस्रो बैठकदेखि प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो उहाँका अनुसार शीर्ष नेताले छलफलमा भाग लिएपछि संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ दिनुहुनेछ । उहाँले अहिलेसम्मका आन्दोलन र उपलब्धि तथा जनताको भावना समेटिएको प्रगतिशील र लोकतान्त्रिक संविधान तयार भएकाले यसलाई जारी गर्ने ऐतिहासिक चरणलाई पूरा गर्न सबैमा आग्रह पनि गर्नुभयो ।

अध्यक्ष नेम्वाङले आजको बैठक अगाडि कुनै नयाँ सहमति भएमा विद्यमान संशोधन प्रस्तावभित्र मिलाएर सम्बोधन गर्न सकिने तथा यदि वार्ता र प्रक्रिया दुवै निरन्तर रहेमा संविधान जारी भएपछि पनि संशोधन गर्न सकिने जनाउनुभयो । उहाँले भन्नुभयो, “हामी संविधान निर्माणको सुरुङभित्र प्रवेश गरिसकेका छौँ, यसबाट दायाँबायाँ वा पछाडि फर्कने ठाउँ छनै, अगाडि बढेर बाहिर निस्कनाको विकल्प छैन ।” रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना