संविधानसभामा फर्कने राप्रपा,नेपालको निर्णय

काठमाडौँ,  भदौ २६। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको संविधान निर्माण प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । “अन्तिमसम्म हाम्रा मुद्दाको रक्षाका लागि संविधानसभालाई उपयोग गरेर जान बाँकी प्रक्रियामा सहभागी हुने निर्णय गरेका हौँ, यससम्बन्धी अध्यक्ष कमल थापाको प्रस्ताव बैठकले पारित गरेकाले आइतबारदेखि सभाका प्रक्रियामा सामेल हुनेछौँ”– उनले भने ।
बुधबार सभाको बैठकबाट बाहिरिएको राप्रपा नेपाललाई प्रक्रियामा फर्कन सरकार र तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले एवम् एनेकपा माओवादीले लिखित आग्रह गरेका थिए । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना