ग्यास सिलिण्डर पड्किदा भारतमा २० को मृत्यु

नयाँ दिल्ली, भदौ २६ । भारतको मध्यप्रदेशको एक रेष्टुरेन्टमा शनिबार बिहानै भएको ग्यास सिलिण्डर विस्फोटमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ ।
भारतीय प्रान्त मध्यप्रदेशको झबुवा जिल्लामा रहेको सो रेष्टुरेन्टमा बिहानै ग्यास सिलिन्डर पड्किएको र त्यसमा परी २० जनाको ज्यान गएको छ ।
त्यसमा परी अरु २५ जना गम्भीर रुपमा घाइते भएका समाचारमा जनाइएको छ । सो रेष्टुरेन्टमा बिहानको खाजा खाइरहेका बेला सो दुर्घटना भएको बताइएको छ ।
सो रेष्टुरेन्टमा शनिबार बिहान करिब साढे आठ बजेतिर कार्यालय सहयोगीका साथै विद्यालयका छात्रछात्राहरुले खाजा खाइरहेका बेला सो विस्फोट भएको थियो ।
विस्फोटमा परी मारिनेमा बिहानै २० जना पुगेका थिए तर शनिबार दिनभरमा यो सङ्ख्या बढ्न पनि सक्छ– सो जिल्लाका एकजना वरिष्ठ प्रहरी अधिकारी सिमा अलाभाले जानकारी दिए ।
सो रेष्टुरेन्ट स्थानीयहरुबीच निकै लोकप्रिय रहेको र बिहानैदेखि खाजाका लागि ठूलो भीडभाड लागेको थियो । सोही कारण पनि मारिनेको सङ्ख्या धेरै भएको उनले बताए । उनले भने,– नागरिक धेरै जना र गम्भीर रुपमा घाइते छन् त्यसैले पनि मृत्यु हुनेको सङ्ख्या यतिधेरै पुगेको हो र मृत्यु हुने अरु बढ्न पनि सक्छन् ।
विस्फोट भएको ग्यासको सिलिन्डरले उक्त रेष्टुरेन्टलाई पूर्ण रुपमा क्षति पु¥याई छिमेकी घरमा समेत पुगेर उक्त घरलाई पनि क्षति पु-याएको प्रहरीले जनाएको छ ।
भारतमा यसरी घर घरमा खाना पकाउन प्रयोग हुने ग्यासका सिलिन्डरहरु पड्किने समस्या सामान्यजस्तै भएको छ । तर यस्ता दुर्घटनाहरु बढिरहदा पनि सुरक्षाका मापदण्ड भने सुधार नगरिएको बताइन्छ । रासस/एएफपी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो