खेलकुदमन्त्री पौडेललाई कारबाही गर्न अख्तियारको निर्देशन

काठमाडौँ, भदौ २५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्यसचिव नियुक्ति गर्दा पदीय मर्यादा भुलेको भन्दै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ ।

मन्त्री पौडेलले सदस्यसचिव नियुक्ति र राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा पदीय दायित्व पूरा नगरेको आयोगको ठहर छ ।

आयोगले मन्त्री पौडेलले अनुचित काम गरेकाले कारबाही हुनुपर्ने जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री पौडेलले राखेपको सदस्यसचिवमा केशवकुमार विष्टलाई गत असार १० गते नियुक्त गरेका थिए ।

करिब एक वर्षअघि दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा खेलाडीको आवरणमा चार व्यक्तिलाई पैसा खाएर उतै भगाएको आरोप सदस्यसचिव विष्टलाई लागेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’