आमाबाबुले छाड्दा तीन छोरीको विचल्ली

जाजरकोट, भदौ २५ । जाजरकोटको भुर गाविस–२ पोख्राका मनवीर विकका तीन छोरीको विचल्ली भएको छ ।

आमाबाबुले छोरीहरुको बेवास्ता गर्दा विचल्ली परेको ठूला बाबु देवबहादुर विकले बताएका छन् । नौ वर्षीया छाया विक, चार वर्षीया शारदा विक र दुई वर्षीया सुमित्रा विककी आमा चन्द्रकला र बाबु मनवीर विकले वास्ता नगर्दा पढ्न लेख्नबाट वञ्चित हुनुका साथै आमाबाबुको मायाबाट वन्चित भएका छन् ।

आमाबाबु भारत गएको ती बालिकालाई थाहा छ, अरु केही पनि थाहा नभएको छाया विकले बताइन् । आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु भारत गएर आफूहरु पालिने छोरीहरुलाई माइती र ठूलो बाबुकहाँ छाड्ने गरेका छन् । मावली पक्षको आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु विद्यालय जान नपाएको स्थानीयवासीले बताएका छन् ।

छाया ठूलो बाबु देवबहादुरसँग बस्ने गरेको भए पनि आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुलाई विद्यालय पठाउन नसकेको देववहादुरले बताएका छन् ।

सबै साथी विद्यालय जाँदा आफूलाई पनि जान मन लागे पनि कापी, कलम र झोला किन्ने पैसा कसैले नदिँदा विद्यालय जान नपाएको छायाले पीडा सुनाएकी छन् ।

भारत जाने र आउने अनि दुई चार दिनमात्र बस्ने मनवीर दम्पतीले छोरीहरुलाई कहिल्यै पनि वास्ता नगरेको मावली पक्षले बताएका छन् । अर्काको सहारामा बाँचेका यी बालिकाहरु माटो खेल्ने, जुठा भाँडा माझ्ने काम गरिरहेको स्थानीयवासीले बताएका छन् ।

अहिले सात वर्षदेखि उनीहरु घरमा आएर बसेका छैनन् । छोरीहरु दुई वर्षको हुनासाथ अर्काको जिम्मा लगाएर भारत जाने र आफूमात्र पालिने गरेका छन् । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका