अनुमति नलिइ सञ्चालनमा रहेका विद्यालयको दर्ता खारेज प्रक्रिया सुरु

भक्तपुर, भदौ २५ । जिल्ला शिक्षा कार्यालय भक्तपुरले अनुमति नलिइ सञ्चालनमा रहेका १५ विद्यालयको दर्ता खारेज गर्ने प्रक्रिया सुरु गरेको छ ।

कार्यालयले सूचना जारी गर्दै अनुगमनका क्रममा अनुमति बिना सञ्चालन भइरहेको, नियमानुसार पूर्वाधार नभएको, तोकिएको मात्रामा विद्यार्थी संख्या अपुग भएको विद्यालय खारेज गर्ने प्रक्रिया सुरु गरेको हो ।

खारेजीका लागि प्रक्रिया सुरु गरेको विद्यालयमा चाँगुको चाँगुनारायण ई स्कुल, दुवाकोट सरस्वतीखेलस्थित मातृभूमि शिक्षा सदन, बागेश्वरीको बागेश्वरी इस्ट प्वाइन्ट ई. स्कुल, कटुञ्जेको सिम्फोनी एकेडेमी, बालकोटको सिद्धार्थ निकेतन, मध्यपुर थिमि नगरपालिका–१५, गट्ठाघरको पूजा ई. स्कुल र मथिनपा–१७ को विराट ई. स्कुल रहेका छन् ।

त्यसैगरी गणेश ई स्कुल, मथिनपा–२ बोडे, चक्रवर्ती हवी एजुकेसन फाउन्डेसन, मथिनपा–३, ग्रेसलैन्ड पब्लिक स्कुल भक्तपुर नगरपालिका–१५ इटाछें, जुन ई स्कुल भनपा–१० व्यासी, सिद्धिदास मावि भनपा–१४ गपली, लक्ष्मी विद्यामन्दिर भनपा १०–व्यासी, विनायक विद्याश्रम भनपा–१ कमलविनायक र सहिद स्मृतिमा वी भनपा–११ भेलुखेलको दर्ता खारेजी प्रक्रिया सुरु गरेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए ।

जिशिअ शर्माले कुनै प्रकारले नियमानुसार सञ्चालन भइरहेको र खारेज गर्नु नपर्ने कारण भए १५ दिनभित्र प्रमाणसहित कार्यालयमा उपस्थित भई लिखित जवाफ दिन अनुरोध गरिएको अन्यथा नियमानुसार ती विद्यालयको दर्ता खारेज हुने बताए रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’