रौतहटमा तीन भारतीय तस्कर पक्राउ

रौटहट, भदौ २५ । रौतहटस्थित प्रहरी गस्ती टोलीले तीन भारतीय तस्करसहित लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

आन्दोलनको मौका छोपी सीमावर्ती भारतीय बजार बैरगनियाबाट भन्सार छलेर रौतहटतर्फ ल्याउँदै गरेको अवस्थामा कपडा, मलखाद र सुर्तीजन्य पदार्थ गरी रु दुई लाख मूल्य बराबरको सामानसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सीमावर्ती भारत सेन्दुरिया गाउँका हरिओम महतो, प्रमोद महतो र वीरेन्द्र महतो रहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौर पठाएको र तस्करको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुधिरराज शाहीले बताए ।

आन्दोलनको मौका छोपी सीमावर्ती क्षेत्रबाट अवैध रुपमा भारतीय सामानको ढुवानी बढेको सूचनाका आधारमा तस्करी नियन्त्रणका लागि जिल्लामा प्रहरीको विशेष टोली परिचालन गरिएको जानकारी सहायक प्रहरी निरीक्षक प्रधुमन कार्कीले दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा