प्रेमिका भेट्न पूर्वयुवराज पारस लाओस पुगे

काठमाडौं, भदौ २५ । पूर्वयुवराज पारस सुटुक्क नेपाल छोडेर लाओस पुगेका छन् । लामो समय थाइल्यान्ड बसेर नेपाल आएका पूर्वयुवराज पारस चीन जाने भन्दै थाइल्यान्डनजिकै रहेको आओस पुगेका हुन् ।

उनी त्यहाँ पुग्नासाथ उनकी थाई प्रेमिका कन्निका पारसलाई भेट्न पुगेकी थिइन् । पारसलाई भेटेर पुनः थाइल्याण्ड फर्कने क्रममा थाई प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पूर्वयुवाराज पारस र कन्निकाबीच थाइल्याण्डको फुकेटमा घटेको घटनाका कारण अझै किनारा नलागेकोले सोही घटनाका बारेमा पुनः अनुसन्धान गर्न उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

थाइल्यान्ड जान प्रतिबन्ध लागेपछि पूर्वयुवराज पारस आफ्नी प्रेमिकालाई भेट्न लाओस पुगेको बताइएको छ । सर्वसाधारण जस्तै कसैलाई कुनै जानकारी नदिइ उनी सुटुक्क लाओस पुगेका हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’