भारतमा बालमृत्युदर संसारमै बढी

नयाँ दिल्ली, भदौ २३ । भारतमा संसारकै सबैभन्दा बढी बालमृत्युदर रहेको पाइएको छ । युनिसेफले हालै सार्वजनिक गरेको एक तथ्याङ्कले सो अवस्था देखाएको हो ।

सन् २०१५ मा मात्र भारतमा करिब १५ लाख बालबालिकाको ज्यान गएको सार्वजनिक गरिएको प्रतिवेदनमा खुलाइएको छ ।

यो सङ्ख्या विश्वको बालमृत्युदरको करिब २० प्रतिशत नै हो– सो प्रतिवेदनमा भनिएको छ । पाँच वर्षमुनिका बालबालिकामध्ये भारतमा प्रति मिनेट करिब एकजनाको ज्यान जाने गरेको छ ।
विश्वव्यापी तथ्याङ्क हेर्दा सो प्रतिवेदनमा यस वर्ष विश्वका ५९ लाख बालबालिकाको मृत्यु भएको जनाइएको छ । कुपोषण, निमोनिय र झाडा, पखाला नै बालमृत्युको एक प्रमुख कारण हो । रासस/सिन्ह्वा

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी